शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • अस्पतालले रिफर गरेपनि पैसा नहुँदा घरमै रोग पाल्दै मार्तडीकि शान्ति चदारा (भिडियाे सहित)

अस्पतालले रिफर गरेपनि पैसा नहुँदा घरमै रोग पाल्दै मार्तडीकि शान्ति चदारा (भिडियाे सहित)

चिकित्सक भन्छन्, चाडो पाठेघरको उपचार नगरे क्यान्सर हुन्छ

  • शुक्रबार, मंसिर ५, २०७७
अस्पतालले रिफर गरेपनि पैसा नहुँदा घरमै रोग पाल्दै मार्तडीकि शान्ति चदारा (भिडियाे सहित)

बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने शान्ति चदारा पैसा नहुँदा रोग पालिरहेकि छन् । चार बर्ष देखि पाठेघरमा समस्या भएकि शान्तिको अहिले अबस्था जटिल बनेको छ । जिल्ला अस्पताल बाजुराले उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढि पठाएको भएपनि पैसा नहुदा घरमै रोगपालि रहेको श्रीमान करन चदाराले वताएका छन् ।
चार बर्ष देखि सेतापानि बगिरहेको थियो । जिल्ला अस्पताल बाजुरामा उपचार गरिहन्थे, अहिले पाठेघरको मुखमा घाउ भएकाले यहाँ उपचार हुदैन धनगढि जानु भनेको शान्तिले वताईन् । उपचार त टाढाको बिषय हो जाने पैसा समेत नहुँदा अस्पतालले रिफर गरेको धेरै समय भइसक्दा पनि घरमै पिडा सहिरहेको शान्तिले वताएकी छन् ।
चार बच्चा पाएकि शान्तिले उपचारका लागि सहयोग गर्न आग्रह गरिन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने उनको पाठेघरको मुखमा घाउ रहेको वताए । पाठेघरको मुख घाउ छ, त्यो घाउ क्यान्सर हुने अबस्थाको हो वा सामान्य औषधि गरे ठिक हुने हो चेक गरेर मात्र थाहा हुने वताए । समयमै उपचार नगरे पाठेघर मुखको क्यान्सर हुने सम्भाबना रहेको बिश्वकर्माले वताए । यहाँ स्त्रि रोग बिशेषज्ञ पनि नभएको जाँच गर्ने पनि नभएकाले धनगढि रिफर गरेको उनले वताएका छन् ।
शान्तिको परिवार आर्थिक अबस्थामा निकै कमजोर रहेको छ । दैनिक छाक टार्न त धौ धौ हुने शान्तिको परिवारमा उपचार गर्नु त टाढाको बिषय रहेको छ । सरकारले गरिब असाहयका लागि निशुल्क उपचार गर्ने नारा लगाएको भएपनि यस्ता निमुखाले उपचार पाउन सकेका छैन । उपचार गर्नका लागि गाँउमा रिन खोजे कतै नपाएको उनका श्रीमान करनले वताए । जग्गा जमिन पनि छैन्, बिक्रि गरम भने म यस्तै मर्नु भन्दा अरु बिकल्प नभएको उनले शान्ति बताँउछन् ।
बाजुरामा शान्ति जस्तै धेरै महिलालले आर्थिक समस्या हुँदा रोग पालि रहेका छन् । स्थानिय स्वास्थ्य संस्थामा उपचार हुदैन बाहिर लग्नलाई पैशा नहुँदा रोग पालिरहने समस्या रहेको छ । ग्रामिण क्षेत्रका महिलाहरु पाठेघर खस्ने समस्या चेतना अभाब र आर्थिक अभाबले रोग पालिरहेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार