बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • बडिमालिका
  • डा. बिश्वकर्मा पुगे अलपत्र रतिको घरमा

डा. बिश्वकर्मा पुगे अलपत्र रतिको घरमा

  • बुधबार, मंसिर ३, २०७७
डा. बिश्वकर्मा पुगे अलपत्र रतिको घरमा

बाजुरा–बडिमालिका ९ बस्ने ६१ बर्षका रति थापा अलपत्र परेको समचार बडिमालिका खबरमा सार्वजनिक भएपछि अस्पताल बाजुराका प्रमुख डा. रुपच्द्र बिश्वकर्मा उनको घरमा पुगेका छन् । रति थापा अरुको साहारमा बाचेको भएपनि तत्कालिन महिला तथा बालवालिका कार्यलयले उनलाई ‘ख’ वर्गको परिचय पत्र दिएको थियो ।
डा. बिश्वकर्माले बडिमालिका खबरमा समचार र भिडियो हेरेपछि उनको ‘ख’ वर्गको अपांग परिचय पत्र रहेको जानकारी पाएपछि उनको स्वास्थ्य अबस्था बुझ्न रतिको घर पुगेका हुन् । बिश्वकर्माले भने भिडियो हेर्दा क वर्गको अपांग परिचय पत्र पाउनुपर्ने देखिएकाले उनकै घरमा पुगेको वताएका छन् । उनको भिडियो हेर्दा निकै पिडादायक थियो, प्रत्यक्ष पुग्दा पनि उनि क वर्गको अपांग परिचय पत्र पाउनुपर्ने रहेको त्यहि अनुसार आफुले सिफारिस गर्ने वताएका छन् । बिश्वकर्मा सँगै बडिमालिका नगरपालिका महिला तथा वालवालिका शाखाकि प्रमुख केशरी रोकाया पनि रति थापाको घरमै पुगेकी छन् । उनलाई बोकेर नगरपालिकामा ल्याउने कोही नभएपछि उनको निबेदनमा औठाछाप र अबस्था बुझनका लागि घरमा पुगेको रोकायाले वताईन् । समचारमा उनि अलपत्र परेको खबर पाएपछि घर पुगेको वताईन् । अर्को अपांग परिचय पत्र दिदा चिकित्सकको शिफारिस आबश्यक पर्छ डा. बिश्वकर्मा रतिको घर पुग्दा उनलाई परिचय पत्र दिन सहज भएको रोकायाले वताईन् ।
अस्पताल बाजुरामा प्रमुख डा. रुपचन्द्र बिश्वकर्मा सँगै आयोजना कार्यलय साँफेबगरका प्रमुख तथा स्थानिय समाजसेवि जंग थापा, पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंह, बडिमालिका महिला तथा वालवालिका शाखा प्रमुख केशरी रोकाया, मालिका माबिका शिक्षिका मनि थापा, इन्द्रा रावल बडिमालिका नगरपालिका ९ का वडा सचिब गोरख रावल सहितको टोली राहत सहित लिएर र उनको अबस्था बुझन घर पुगेका थिए ।
जन्मजात देखि अपांग रहेका उनि घरको एक्लो सदस्य रहेका छन् । बुढेशसकाल लाग्दै गर्दा उनि अहिले अलपत्र रहेको स्थानिय शिक्षिका मनि थापाले वताएकि छन् । आमाको १० बर्ष पहिला मृत्यु भएपछि उनि १० बर्ष देखि साहाराबिहिन बनेका छन् । बुवा अमर सिं थापाको मृत्यु भएको १६ बर्ष जति भयो, पछि आमा धनमति थापा सँग रहेका रति आमाको मृत्यु भएपछि उनि एक्लै रहेको मनि थापाले वताएकि छन् । रतिकि एउटा दिदि र एउटा बहिनि रहेकि थिईन् । जेठी दिदि लडेर मृत्यु भइसेको छ भने बहिनी लालीले बिहे गरिसकेकी छन् ।
रति केही बर्षपहिला अलि अलि यताउता गर्न सक्थे, तिन बर्ष देखि उनि थला पर्दै गएपछि अहिले अलपत्र अबस्थामा रहेका छन् । बाहिर भित्र र शौचालय पनि घ्रिसेर जाने गरेको स्थानियले वताएका छन् । रतिले रुदै भने कसैले दियो भने खानेगरेको छु, नभए भोकै बस्ने गरेको उनले वताएका छन् । चिसो मौसम शुरु भएको छ, लगाउने लुगा र ओडने ओछ्याउने केहि नभएको उनले वताएका छन् ।
राम्रो सँग खानलगाउन नपाएपछि उनमा कुपोषण समेत देखा परेको छ । शिक्षिका मनि थापाले भनिन्, कहिले काँहि आफुहरुले सहयोग गर्ने गरेका छौ, हाम्रो पनि घर टाढा भएकाले समस्या भएको उनले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार