बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • विश्वलाई कोरोना भन्दा जलवायु परिवर्तनको धेरै खतरा छ !

विश्वलाई कोरोना भन्दा जलवायु परिवर्तनको धेरै खतरा छ !

  • बुधबार, मंसिर ३, २०७७
विश्वलाई कोरोना भन्दा जलवायु परिवर्तनको धेरै खतरा छ !

विश्वले कोरोनाभाइरसको संकट समाधानका लागि तदारुकता देखाए जस्तै गरी जलवायु परिवर्तन समाधानका लागि पनि देखाउनुपर्ने रेडक्रसले चेतावनी दिएको छ ।

अहिले कोभिड १९ बाट भन्दा जलवायु परिवर्तनको असरबाट विश्वलाई धेरै नै खतरा रहेको पनि रेडक्रसले जनाएको छ । कोरोना महामारीको चरम चपेटामा पनि जलवायु परिवर्तनले भयावह रुप लिइरहेको बताउँदै रेडक्रस र रेड क्रिसेन्ट सोसाइटकीको अन्तर्राष्ट्रिय संघ (आईएफआरसी) ले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै यो कोरोना भन्दा धेरै खतरनाक भएको जनाएको हो । रिपोर्ट अनुसार १९६० को दशकपछि हरेक वर्ष विश्वलाई नै प्रभावित पार्ने १ सय भन्दा धेरै ठूला विपत्ती आए । ती अधिकांश जलवायु परिवर्तन सम्बन्धी नै थिए । र त्यसबाट ५ करोड भन्दा धेरै मानिस प्रभावित भएको रिपोर्टमा छ ।

‘अवस्य पनि त्यहाँ कोभिड छ, यो हाम्रो अगाडि नै छ । यसले हाम्रा परिवार, साथीभाइहरु र आफन्तहरुलाई नै असर पुर्याइरहेको छ । यो विश्वले भोगेको धेरै धेरै गम्भीर संकट हो । तर जलवायु परिवर्तनले मानव जीवन र पृथ्वीमा यसभन्दा पनि धेरै ठूलो र दिर्घकालिन असर पुर्याउनेछ,’ रिपोर्टमा उल्लेख छ ।

जलवायु परिवर्तनका लागि खोप छैन

आईएफआरसीका उच्च अधिकारीहरुले भनेका छन् कि, कोभिड १९ विरुद्ध छिट्टै खोप उपलब्ध हुन्छ तर जलवायु परिवर्तनको असर कम गर्न कुनै खोपले सम्भव छैन । साथै रेडक्रसले जलवायु परिवर्तनका लागि काम गर्न अझै दिगो काम र लगानीको आवस्यकता पर्ने पनि जनाएको छ । २०१९ मा मात्रै विश्वभर ३०८ प्राकृतिक विपत्ती आए र त्यसबाट २४ हजार मानिसको मृत्यु भयो । ती विपत्तीमध्ये ७७ प्रतिशत जलवायु परिवर्तनबाट सिर्जित थिए ।

साथै जलवायु परिवर्तन सम्बन्धी विपदले गर्दा पछिल्लो दशकमा मात्रै ४ लाख १० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । यसरी यसको नोक्सान पर्ने धेरैजसो अति विपन्न देश छन् । यस्तै रेडक्रसले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । यो समाचार आजको अन्नपूर्णपोष्टमा छ ।

चर्चामा

सम्बन्धित समाचार