बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • ई-बडिमालिकाको फाेन नेटवर्क नभएकाे दुर्गम बस्ती

ई-बडिमालिकाको फाेन नेटवर्क नभएकाे दुर्गम बस्ती

  • मङ्लबार, मंसिर २, २०७७
ई-बडिमालिकाको फाेन नेटवर्क नभएकाे दुर्गम बस्ती
उपत्यका जस्तै देखीएकाे याे बाजुरा बडिमालिका नगरपािलका वडा न ७ काे दुदुली बस्ती । तस्वीर लक्ष्मीराज पाध्याय/बडिमालिका खवर

बाजुरा — बाजुरा जिल्लाको सबैभन्दा सुगम मानिने बडिमालिका नगरपालिका हो । तर त्यस नगरपालिकाभित्र एक यस्तो बस्ती छ जो सधै राज्य र सरकारको उपेक्षामा रहेको छ । बडिमालिका ७ रजातोली ढम्कने र भोटे बाडाको बिचमै रहेको बस्ती हाे दुदुली  । त्यहा करिव २० परिवारकाे सदाबाहार बसाेबास गर्ने ठाउँ हाे ।
जहानीय राणशासन, राजसत्ता, हुदै लोक्तान्त्रीक गणतन्त्रको यो अबस्थामा आउदा र तिन ओटा सरकार हुँदा पनी त्यहाका नागरिकहरुले सरकार छ भन्ने अनुभुती गर्न पाएका छैनन । अहिलेका स्थानीय सरकारले करोडौ बजेट परिचालन गर्छ तर त्यहाँका नागरिकका लागि कागलाइ बेल पाक्याे हर्ष न बिष्मात । भारत र चिनको बिचमा रहेको नेपाल जस्तै रहेको दुदुली बस्तीमा चुनावताका नेताहरु भोट माग्न गए पनी बिकाश निर्माण कार्यहरुमा त्यो बस्ती जहिल्यै उपेक्षित बन्दै गएको स्थानीयहरुले बताएका छन ।

उपत्यकाजस्तै लाग्ने रमाइलो ठाउँ हो बडिमालिका ७ को दुदुली बस्ती । त्यहाँ हाल बिजुली भन्दा बाहेक अरु केही बिकाश पुगेको देखीदैन त्याे पनी बिजुलीका पाेलहरू गाडेकाेले पुगेकाे रहेछ भन्ने बाहिरबाट देख्नेहरूका लागी मात्रै हाे । हुन त सोही वडाबाट हुदै गएको मार्तडी कोल्टी सडकमार्ग छ । अरु गाउँमा ठुला ठुला योजनाहरु पनी छन तर सो गाउँमा बिकाश नाममा त्यही बिजुली भन्दा बाहेक अरु केही सुबिधा नपाएकाे त्यहाका स्थानीयको दुखेसो रहेको छ । उत्पादनका लागि सो क्षेत्र निकै राम्रो मानिए पनी सिचाई अभावले उत्पादनमा पनी त्यती जोड दिएको देखीदैन । नगरपालिकाका हरेक वडा वडामा गाउँ गाउँमा सडक संजालले जोड्ने काम भएको भए पनी सो क्षेत्रमा बिकाशका लागि कसैको चासो गएको देखीदैन ।

दुदुलीको त्यो रमाइलो बस्तीमा हालसम्म नेपाल टेलिकमको नेटवर्क अहिलेसम्म पुगेको छैन । हुनत बडिमालिका नगरपालिकाले ईबडिमालिका भनेर कार्यपालिकाकाबाट निणर्य गरेको भए पनी बडिमालिका नगरपालिकाका कयौँ बस्तीमा फोन नेटवर्क नै छैन । यहाँका स्थानीयहरुले नेपालका दूरसञ्चार प्रदायकको नेटवर्क माथीको डाडामा गएर फोन गर्ने गर्छन । दुदुली क्षेत्रलाई न त नेताले देखेको छ न त विकासले देखेको छ  स्थानीयहरु बताउछन । गाउँका खेतबारीहरु हरियाली छन । त्यहाका स्थानीयहरुले आलु , मकै कोदो उत्पादन गर्ने गरेका छन् तर सडक नहुँदा उनिहरुले घण्टौ बोकेर नजिकाको सडकमा पुर्‍याउने गर्दछन एक स्थानीयले भने । दुदुली क्षेत्रका बासिन्दाको जनजीवन साह्रै कष्टकर छ । न उचित खानेपानीको ब्यबस्थापन छ नत कुनै अन्य बिकाश निर्माणका कार्यहरु नै भएका छन । हुन त नगरपालिकाले तोकेको कर हामी पनी तिर्छौ तर यहाँ न हामीलाई हिड्न सहज बाटो छ न खानेपानी छ न त कुनै फोन नेटवर्क नै हामी जहिल्यै उपेक्षामा छौ सो बस्तीमा रहेका एक युवाले बताए । उनले भने फोन गर्न यहाबाट उ त्यो डाडामा गएर फोन गर्नुपर्छ त्यहा पुग्न आउन मात्रै एक घण्टा लाग्छ उनले भने ।


हरेक वडामा मन्दिरमै लाखौ बजेट दिएका छन हाम्रो पनी एक मन्दीर छ त्यो पनी जिण रहेकोले केही सहयोग गरिदीन जनप्रतिनिधीलाई गुहार गर्यै तर कसैले चासो दिएनन स्थानीयले बताए । यस क्षेत्रमा पछिल्लो समयमा जनप्रतिनिधि आएपछि खासै अवस्थामा परिवर्तन ल्याउन नसकेको स्थानीयहरु बताउँछन । दुदुलीका स्थानीयले बाटो बन्ला खानेपानी, सिचाईँ लागयतका योजना आउलान भन्ने आशा मरिसकेको स्थानीय बताउँछन ।

चर्चामा

सम्बन्धित समाचार