शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • आइतबार सुदूरपश्चिममा ५ सय नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि

आइतबार सुदूरपश्चिममा ५ सय नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि

  • सोमवार, मंसिर १, २०७७
आइतबार सुदूरपश्चिममा ५ सय नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि

धनगढी: सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा ५ सय जनाको परीक्षण गर्दा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७८ जनाको परीक्षण गर्दा थप ६३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ३० जनाको परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको उनले बताए । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १७ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ८ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ३ जना, यस्तै वडा नम्बर १, ७ र १६ का २/२ जना, वडा नम्बर ८, १२, १४ र १८ का १/१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ठेगाना नखुलेका ५ जनामा पनि कोरोना पुष्टि भएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका ८ जना, गोदावरी नगरपालिका र घोडाघोडी नगरपालिकाका ३र३ जना, र गौरीगंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका २/२ जना, त्यस्तै बेलौरी नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६० जनाको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उता कमलबजार नगरपालिकाको प्रयोगशालामा १० जनाको परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ९ सय १० पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका ८ हजार ८ सय जनाले कोरोना जितेका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार