शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्पले पहिलो पटक लेखे ,‘बाइडेनले जिते’

ट्रम्पले पहिलो पटक लेखे ,‘बाइडेनले जिते’

  • सोमवार, मंसिर १, २०७७
ट्रम्पले पहिलो पटक लेखे ,‘बाइडेनले जिते’

आफ्ना डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले चुनाव जितेको विषयलाई पहिलो पटक ट्रम्पले उल्लेख गरेका छन् । यद्यपी, उनले अझै हार मानिसकेका छैनन् ।

‘उनले जिते किनकी निर्वाचन धाँधलीपूर्ण थियो,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् । ३ नोभेम्बरको निर्वाचनयता ट्रम्पले बाइडेन विजयी भएको तथ्य पहिलोपटक स्विकारेका हुन् । यद्यपी, उनले अझै हार स्विकारेका छैनन् र स्विकार्ने संकेत पनि गरेका छैनन् । नयाँ ट्वीटमा बाइडेनबारे उनले लेखेका छन्, ‘उनले केवल फेक न्युज मिडियाको आँखामा मात्रै जितेका हुन् । म केही कुरा स्विर्कादिन ।

हामी लामो बाटो हिंड्न बाँकी छ । यो धाँधलीपूर्ण निर्वाचन थियो । ट्रम्पले केही निर्णायक राज्यमा कानूनी लडाँइ पनि थालेका छन् । तर, धाँधली भएको विषय पुष्टि गर्ने कुनै प्रमाण पेश गरेका छैन्न । अहिलेसम्म उनको प्रयास असफल भइरहेको छ ।

शुक्रबार निर्वाचन अधिकारीहरुले यसपटकको मतदान अमेरिकी इतिहासकै सर्वाधिक सुरक्षित रहेको जनाएका थिए । मतदान प्रणालीले मत डिलिट गरेको, हराएको, परिवर्तन गरे वा कुनै सम्झौता भएको कुनै प्रमाण नभेटिएको उनीहरुले जनाएका थिए । यद्यपी, ट्रम्पले बाइडेनको विजय स्विकारेर उनलाई बधाई दिएका छैनन् ।

शुक्रबार ह्वाइटहाउसकी प्रवक्ता केलिग म्याक इनानीले फक्स न्युजसँग भनेकी थिइन्, ‘राष्ट्रपति ट्रम्पलाई विश्वास छ कि उनी दोस्रो कार्यकाल पनि राष्ट्रपति नै रहिरहने छन् । त्यही दिन पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘भविष्यमा कुन प्रशासन शक्तिमा रहन्छ भन्ने कसलाई थाहा छ ?’

आइतबार एउटा ट्वीटमा बाइडेनको विजय उल्लेख गरेपनि ट्रम्पले अर्को ट्वीटमा केही नस्विकार्ने जनाएका छन् । यसअघि शनिबार निर्वाचनमा धाँधली भएको भन्दै ट्रम्प समर्थकहरुले वासिङटन डिसीसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेका थिए । ट्रम्प विरोधीहरुले पनि जवाफी ¥याली निकालेपछि शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बन्यो ।

यसक्रममा केही व्यक्तिहरुले हतियार प्रदर्शन गरेका थिए भने एक व्यक्तिमाथि छुरा प्रहार समेत भएको थियो । प्रहरीले हतियार प्रदर्शन तथा हुलदंगाको आरोपमा २० जनालाई पक्राउ गरेको छ ।

 : बीबीसी

चर्चामा

सम्बन्धित समाचार