बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • युवासघं नेपाल र अनेरास्वबियूद्धारा प्रशासनमा बुझाए ७ बुदे ध्यानाकर्षण पत्र

युवासघं नेपाल र अनेरास्वबियूद्धारा प्रशासनमा बुझाए ७ बुदे ध्यानाकर्षण पत्र

  • शुक्रबार, कार्तिक २८, २०७७
युवासघं नेपाल र अनेरास्वबियूद्धारा प्रशासनमा बुझाए ७ बुदे ध्यानाकर्षण पत्र

बाजुरा — युवासघं नेपाल र अनेरास्वबियूद्धारा जिल्ला प्रशासन कार्यालयमा बिभिन्न माग सहतिको ७ बुदे ध्यानाकर्षण पत्र बुभएका छन । जिल्लाको समसामुहीक बिषय र बिकाश निर्माण र सडकहरुलाई लक्षित गरी ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्लाको बिकाश निर्माण र कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा संघ बाजुरा र अनेरास्वबियू जिल्ला कमिटि बाजुरा जहिल्यै पनि साझेदार गरी अगाडी बढिरहेको छ । हाल जिल्लाको बिकाश निर्माण प्रकृया, शान्ती सुरक्षा अमन चयन र आम नागरिकलाई शान्ती र बिकाशको आवास दिलाउनका साथै कोरोना महामारीबाट बचाउनका लागि हाम्रो संगठन स्थानीय प्रशासन समक्ष तपशिलका बुदाहरु राख्दै यथासिघ्र कार्यान्वयनका लागि हामी ध्यानाकर्षण गर्दछौ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
बाजुरा युवासघं नेपाल र अनेरास्वबियू सयुक्त रुपमा बुझाएको ध्यानाकर्षण पत्रमा साफेँ मार्तडी सडक खण्ड अन्तरगत बल्दे द्धावारी सडक हाल सम्म पनि स्त्तोरउन्नती नभएकोले स्तरउन्नती गर्न माग गरिएको छ । त्यसै गरी बुढिगंगा नदि अन्तरगत जडाङगा क्षेत्रमा निर्माण गर्ने भनिएको बेलीबृज हालसम्म पनी निर्माण नभएकोले निर्माण कार्य तत्काल अगाडी बढाउन अनुरोध गर्दै निर्माण नहोउन्जेलसम्म नदिमा होम पाईपको ब्यबस्था गरि मार्तडीसम्म तत्काल गाडी संचालनका लागि माग गरीएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
जिल्लाको मार्तडी- कोल्टी, मार्तडी-घटमुना, कोल्टी- कवाडी ,पिलुचौर- गोत्री, मौरे- छतारा ग्रामिण सडक हरुको मर्मत गरि सहजरुपमा गाडी संचालनका लागि माग राखीएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय र बडिमालिका नगरपालिकाको बिचमा पर्ने जिल्लाको एक मात्र खुलामञ्च हाल बिभिन्न बाहानामा जनप्रतिनिधी र ठेकेदारहरुले ब्यक्तीगत रुपमा प्रयोग गरिराखेकाले सार्बजनिक सम्पतीको दुरुपयोग नगराउन र तत्काल खुला मञ्च खालि गराउन सहित ध्यानाकर्षण गरिएको छ ।
त्यसै गरी मार्तडी बजार क्षेत्र भित्रको बिस्तार गरिएको सडकको छेउछाउमा ब्यक्तीगत रुपमा गिट्टी बालुवा सरिया लागयतका साम्रगी राखेर सडक अबरुद्ध गरेकाले तत्काल हटाई नागरिकलाई सहजरुपमा आवत जावत र सडक सुचारु गर्न माग गरिएको छ ।

अनेरास्वबिय जिल्ला कमिटि बाजुरा संयोजक राजिव रोकाया र युवासघं नेपाल जिल्ला कमिटि बाजुरा का संयोजक सन्तोष बिकको सयुक्त हस्ताक्षरेती बिज्ञप्तीमा कोराना भाइरस कोभिड १९ को बाहानमा बितरण गरिने राहत साम्रगी बिभिन्न बाहानामा बिभिन्न निकायले बितरण गर्दै आएकोमा जिल्लाको एकद्धार प्रणलीबाट राहत साम्रगी बितरण गर्न गराउनुका साथै दशै तिहार लागायतका चाडपर्बहरुको मौका पारी जिल्लाका बिभिन्न बजारहरुमा भएको कालो बजारी तथा महगी नियन्त्रणका लागि यथासिघ्र पहल तथा अनुगमनका ध्यानाकर्षण गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले संगठनले उठाएका मागहरु जाएज भएकोले यथासिर्घ पहलकदमी अगाडी बढाउने बताएका छन । ध्यानाकर्षण पत्र बुझाउन अनेरास्वीयु र युवासघं नेपालका नेताहरु र अनेरास्वीयु केन्द्रीय सदस्य नरेश रोकाया समेतको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार