बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथकाे पिलुचौर-ढाडाकोट सडक उद्धाघटन, गाँउमा गाडिपुग्दा स्थानिय खुशि

जगन्नाथकाे पिलुचौर-ढाडाकोट सडक उद्धाघटन, गाँउमा गाडिपुग्दा स्थानिय खुशि

  • शुक्रबार, कार्तिक २८, २०७७
जगन्नाथकाे पिलुचौर-ढाडाकोट सडक उद्धाघटन, गाँउमा गाडिपुग्दा स्थानिय खुशि

जगन्नाथ– जगन्नाथ गाँउपालिकाकाे पिलुचौर-ढाडाकोट सडक उद्धाघटन भएकाे छ । सडक उद्धघाटन नेकपा केन्द्रिय सदस्य बाजुरा जिल्ला इन्चार्ज तथा संघिय माननिय लाल बहादुर थापाले गरेका छन् । उनले रिबन काट्नुका साथै ब्यानर पढेर पिलुचौर ढाडाकोट सडकको जिरो प्वाइन्ट पिलुचौरमा उदघाटन गरेका गाँउपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशिले वताएका छन् । उद्धघाटन भए पश्चात तिन वटा जीप र दश वटा मोटर साइकल डिमरगाँउ सम्म पुगेका थिए ।

गाँउमा गाडि पुगेपछि नेपालमा संघियता पश्चात स्थानीय सरकार संचालन भए पछि जनताले विकासको महसुस गर्न पाएका छन । गाँउमा गाडि पुग्दा स्थानिय खुशी भएका छन् ।  जगन्नाथ गाँउपालिकाले २०७७ असार मसान्त सम्म ६ वटै वडाका प्रत्येक वडा कार्यालय सम्म कच्ची सडक निर्माण पश्चात संचालनमा ल्याएको छ । २०७५ सालमा निर्माणको काम शुरु भएको पिलुचौर ढाडाकोट सडक (पिलुचौर देखि ओखरतोला सम्म) निर्माण पश्चात संचालनमा आएको छ।

सडक निर्माणमा प्रदेश र स्थानिय तहको गरि कुल बजेट १ करोड ७१ लाखमा ९ किलोमिटर सडक निर्माणको काम सम्पन्न भएको छ । सडक संचालन पश्चात गाँउपालिका वडा नं १ र २ का ६ वटा बस्ती (काप्री, लुमा, डाँडाबाडा, लवारबाडा, डिमरगाँउ र पैंगाउ) ६ सय ५० घरधुरीका ३ हजार ४ सय ८० जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्सा । साथै स्थानिय उत्पादनले बजार पाँउने, बजारको दैनिक उपभोग्य सामान र निर्माण सामाग्रीहरु उपभोक्ताको घर र योजना स्थल सम्म सस्तो र सजिलै पुग्नुका साथै समयको वचत हुने देखिन्छ। सडक पुगे संगै जनताले राहत महसुस गरेका छन।

सडक उदघाटन कार्यक्रममा स्थानियले बाजागाजा र फुलमाला सहित स्वागत गरेका थिए । जगन्नाथ गाँउपालिका वडा नं १ को वडा संगठन कमिटिले आयोजना गरेको दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता गणेश गिरीले गर्नु भएको थियो । प्रमुख अथिति संघिय सासद लाल बहादुर थापा, बिशिष्ट अथिति काली बहादुर शाही,अथितिहरु मनलाल खत्री, लाल बहादुर ओली, जनक कुमार बोहरा, जनक बिष्ट, काँशी बि.क.सिता थापा, राज बहादुर गिरी, मन बहादुर बिष्ट, कटक बिष्ट लगायत सयौ नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्मक्रमका प्रमुख अतिथिले बाजुराका अन्य स्थानिय तहले जगन्नाथ बाट केहि कुरा सिक्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो। सडक पुगे स्थानिय संगै युवाहरुले व्यवसायिक रुपमा कृषि र पशु जन्य उत्पादन (स्याउ,आलु,सिमीमा र ओखरमा) जोड दिनु पर्ने त्यसका लागि स्थानिय, प्रदेश र संघ सरकार सधै जनताको साथमा रहने प्रतिबद्धता जनाएका थिए

चर्चामा

सम्बन्धित समाचार