शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाको कहरमा बाजुरामा नेकपा र काँग्रेसका सभा, प्रशासन मौन

कोरोनाको कहरमा बाजुरामा नेकपा र काँग्रेसका सभा, प्रशासन मौन

प्रजिअ भन्छन्, यो बेला कुनै सभा तथा कार्यक्रम गर्न पाइदैन

  • शुक्रबार, कार्तिक २८, २०७७
कोरोनाको कहरमा बाजुरामा नेकपा र काँग्रेसका सभा, प्रशासन मौन

बाजुरा–कोरोना भाइरस समुदाय स्तरमा फैलिए सँगै बाजुरामा भने नेपाल कम्युनिष्ट पाटि (नेकपा) र नेपाली काँग्रेसले सयौको सहभागितामा पाटिका सभा तथा कार्यक्रम गरिरहेका छन् । सरकारले यो बेला धेरै ब्यक्तिहरु भेला नहुन कुनै कार्यक्रम तथा सभा नगर्न आग्रह गरेको भएपनि बाजुरामा नेकपा र नेपालि काँग्रेस भने त्यसको ब्यवास्ता गर्दै धमाधम सयौको सहभागिता गराएर पाटिका कार्यक्रम गरिरहेका छन् ।
बाजुराका नौ वटै स्थानिय तहमा नेकपा र नेपाली काँग्रेस दैनिक जसो कार्यक्रता भेटाघाट, शुभकानमा आदनप्रदानका नाममा सयौलाई भेला गराएर कार्यक्रम गरिरहेका छन् । सभा, कार्यक्रम गर्न नपाईने सरकारको निर्देशन भएपनि बाजुरा प्रशासन पनि मौन रहेको पाईएको छ । देउसी भैली खेल्न रोक लगाउने बाजुरा प्रशासन पाटि कार्यक्रममा उल्टै सुरक्षा दिइरहेको जनगुनासो बढिरहेको छ ।
बुढिनन्दा नगरपालिका स्थानिय धन बहादुर रोकायाले भने सयौ भेला गराएर कार्यक्रम गर्ने गरेका हुन्छन्, न त्यहाँ मास्क, न कुनै सामाजिक दुरि कायम नगरेको पाईएको उनले वताएका छन् । दुबै पाटिकाले सार्वजनिक रुपमा कार्यक्रम गरिरहेका छन्, प्रहरी त्यहि हुन्छन्, तर कसैलाई वास्ता नहुने गरेको उनले वताएका छन् । कोरोनाको कहरकै बिचमा दुबै पाटिले कार्यक्रता पाटि प्रबेश गर्ने लहर पनि बढाएका छन् ।
अघिल्लो दिन एकपाटिले कार्यक्रम गर्छ, अर्को दिन अर्को पाटिको आएर कार्यक्रम गर्ने गरेको त्रिबेणि नगरपालिका स्थानिय मनोज बुढाले वताएका छन् । उनले थपे बाजुरामा कोरोना फैलाउने काम पाटि भएको वताएका छन् । नेताहरु काठमाडौ धनगढी बाट आउने गरेका हुन्छन्, गाँउमा सयौ कार्यक्रता भेला गर्ने गरेका छन् । पाटिको भेला भन्दा पनि कोरोना सराउने काम भएको उनले थपे ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने यो बेला धेरै ब्यक्तिहरु भेला गराएर कार्यक्रम गर्न नपाउने वताएका छन् । आफुहरुले पटक पटक भिडभाड तथा सभा नगर्न आग्रह गरेको भएपनि राजनितिक दलले नमान्ने गरेको वताए । प्रक्राउ गरौ भने धेरै मास हुन्छ, हामीले पनि के गर्ने गैह्रले वताए । अहिले नेकपा र नेपाली काँग्रेसले बाजुरामा चुनावी झल्को देखाएको स्थानियले वताउँदै आएका छन् ।
केहि दिन पहिला शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि प्रकाश शाह बाजुराका बिभिन्न ठाँउमा कार्यक्रम सहभागि भएका थिए । उनि बिचमै बिरामी भएर धनगढी गएपछि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक शाह कार्तिक २३ गते मात्र जिल्ला प्रशासन कार्यलय बाजुराको सर्वदलिय बैठकमा सहभागि भएका थिए, पछि उनलाई पनि कोरानो संक्रमण भएको पुष्टि भएको थियो । उनि पनि नगरपालिका बिभिन्न कार्यक्रम सहभागि हुदै आएका थिए । नेपालि काँग्रेसका नेता मान बहादुर रावललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँहरु तिनै जना प्रत्यक्ष जनसम्पर्कमा रहदै आएका थिए ।
नेकपा र नेपालि काँग्रेस दुबै पाटिले सामाजिक दुरि कायम गरेर कार्यक्रम गरेको तर्क दिदै आएका छन् । एकले अर्को पाटिले गरेका कारणले आफुहरुले कार्यक्रम गरेको तर्क दिने गरेका छन् । बाजुरामा कोरोना जाँच प्रयोगशाला नहुँदा कोराना चेकजाँचमा समस्या भएको छ । ज्वरो रुखाघोकी लक्षण देखा परेपनि जाँच गर्ने ठाँउ नहुदा गाँउतिर जाँच गर्न सकेका छैनन् । नेता कर्मचारी र केही जनप्रतिनिधिले जिल्ला बाहिर स्वाब संकलन गरेर पठाएपनि समुदया स्तरमा भने जाँच हुन सकेको छैन् । बाजुरामा हाल सम्म ५ सय ९२ जनामा कोरोना संक्रमण भएको छ भने २ जनाको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार