शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, १ जनाको लास निकाल्न बाँकी, ३४ घाइते

बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, १ जनाको लास निकाल्न बाँकी, ३४ घाइते

  • शुक्रबार, कार्तिक २८, २०७७
बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, १ जनाको लास निकाल्न बाँकी, ३४ घाइते

बैतडीको खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।

दार्चुलाबाट महेन्द्रनगर तर्फ जादै गरेको ना ५ ख ५१४१ नम्बरको बस जयपृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

७ जनाको शव जिल्ला अस्पताल बैतडीमा पु¥याइएको छ । भने एक जनाको शव अझै निकाल्न नसकेको बैतडी प्रहरीले जनाएको छ । बसको बडीले किचेको अवस्थामा रहेको डोगडाकेदार गाउँपालिकाका ६ का करन ऐरको शव बसको बडी काटेर वा जमिन खनेर निकाल्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण प्रसाद अधिकारीले दिनेश खबरलाई बताए ।

मृत्यु मध्ये केहीको पूूर्ण पहिचान खुलेको छ भने केहीको ठेगाना खुल्न बाँकी रहेको जनाइएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द, करन ऐर रहेका छन ।

ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य २ जनाको भने खुल्न सकेको छैन ।

गए राति करिब १० बजेतिर बैतडीको पाटन नगरपालिका– ८ खोडपेमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनामा परेको डिएसपी अधिकारीले बताए ।

घाइतेहरूलाई राति नै उद्धार गरी डडेलधुरा अस्पताल पु¥याइएको छ । गम्भीर घाइते ७ जनालाई थप उपचारका लागी धनगढी पठाइएको डिएसपी अधिकारीले बताए ।

दुर्घटनाको कारण अझै खुलेको छैन । बसका ड्राइभर पनि घाइते भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार