बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुलका दुर्गम गाउँमा फोन नेटवर्क सुचारु

गौमुलका दुर्गम गाउँमा फोन नेटवर्क सुचारु

  • बिहिबार, कार्तिक २७, २०७७
गौमुलका दुर्गम गाउँमा फोन नेटवर्क सुचारु

बाजुरा —  बाजुरा जिल्लाको गौमुला गाउँपालिकाका उसै पनी दुर्गममा पर्ने गाउँपालिकाको रुपमा रहेको छ । सोही गाउँपालिकाको दुर्गम गाउँ अन्द्राडी लगायतका गाउँमा बुधबारबाट नेपाल टेलीकमकाे फोन नेटवर्क  संचालन भएको छ ।
गौमुल गाउँपालिका वडा न १, २ र ३ का सबै गाउँमा बुधबारबाट फोन नेटर्कक सुचारु भएको गौमुला गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए । बैशाखदेखी संचालन हुनुपर्ने फोन टावर निर्माणमा लकडाउनका कारण ढिलो हुदा हिजोदेखी संचालनमा आएको अध्यक्ष रोकायाले बताए ।
गौंमुल गाउँपालिकाका दुर्गम गाउँ अन्द्राडी दुर्गाली लगायतका गाउँमा फोन नेटवर्क सुचारु हुदा त्यहाँका स्थानीय निकै खुसी भएका छन । फोन गर्नकै लागी बिभिन्न डाँडाहरु चाहार्नु पर्ने अबस्था त्यहाका जनतालाई निकै कठिनाई थियो गाउँपालिकाको समन्वयमा नेपाल टेलीकमले टावर निर्माण गरी हिजो देखी संचालनमा ल्याइएपछी सुबिधा भएको छ अध्यक्ष रोकायाले बताए ।
स्थानीय सरकार आए संगै एक पछि अर्को बिकासका ढोका खुल्दै गएको र हामीले सुबिधा पाउन सुरु गरेको त्यहाँका स्थानीयको भनाई रहेको छ । बिकासका पुर्बाधार मध्यको एक संचार भएकोले अबदेखी सबै संग नजिकबाट सबैसंग भेटघाट गर्न पाईनेमा त्यहाका युवाहरुले खुसी ब्यक्त गर्दै गाउँपालिका र नेपाल टेलीकमलाई धन्यबाद समेत ब्यक्त गरेका छन ।
लामो समय पछि त्यहाँका स्थानीयले फोन सेवा उपभोग गर्न पाउने भएका छन । यस अघि रेडियो, गित सुन्न मात्रै प्रयोग हुने मोबाइलहरु अब त्यहाँका जनताका लागि फोन गरेर आफन्त लगायत बिभिन्न सुचनाहरु सहज रुपमा प्रयोग गर्न पाउने भएका छन ।

चर्चामा

सम्बन्धित समाचार