शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाको कहरकाे वेवास्ता गर्दै जाडो छल्न् हिमाल बाँट बेशितिर

कोरोनाको कहरकाे वेवास्ता गर्दै जाडो छल्न् हिमाल बाँट बेशितिर

  • बुधबार, कार्तिक २६, २०७७
कोरोनाको कहरकाे वेवास्ता गर्दै जाडो छल्न् हिमाल बाँट बेशितिर

बाजुरा–कोरोनाको कहरका बिचमा पनि जनजाति समुदाय जाडो छल्न हिमाल बाट बेशितिर झरेका छन् । भेडा, च्याङ्ग, सहित सब परिवार औलतिर बसाई सर्न शुरु गरेका छन् ।
बाजुराको उत्तरी क्षेत्रका बासिन्दा, हुम्ला, र मुगुका स्थानिय हिउँदे याममा चिसो छल्न र खान लाउन नपुग्ने भएका कारण बसाई सरेका छन् । यस बेला उनीहरुले घरजहान सगंै औल तिर बसाइ सरिरहेका छन् । बसाई सराईका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देबमाडौ लगायत अछाम, डोटी र सुर्खेत बसाई सर्ने गर्दछन् ।
चिसो सुरु भएपछी हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात भई जाडो बढ्ने भएको बेशिमा गएर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै प्राय भोटे जनजातीहरु सपरिवार सहित एक पछि अर्को बस्तिहरु छोडेर बेशी तिर झरीरहेका छन । यस वेला घरमा भएका भेडा च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु र खाने सरसमानका साथ बसाई सरिरहेका छन् ।


हिमाली गाँउपालिका ९ पाण्डुसेनका बस्ने लोक गुरुङ्ग आफ्ना ७ जना परीवार सहित जाँडो छल्नको लागि बेशितिर झरी रहेका छन् । भेडा बाख्रा गाई गोरु सँगै लिएर अछाम तिर बसाइसरी रहेका छन् । कोरोनाको कहरले जताततै त्रास भएपनि आफुहरु भने जाडोले बेशी झर्न लागेको लोकले वताएका छन् । हाम्रा लागि कोरोना भन्दा पनि चिसो र जिविकोपार्जन गर्नुका लागि कोरोनाको बेवास्ता गरेर अछाम तिर लागेको वताए ।
हिउँदयाममा हिमपात र चिसो हुने भएकाले आफ्नो सम्पति लिएर ६ महिनाको लागि अछामतिर जाने गरेका छन् । बाजुराको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश जनजाति (भोटे) केही महिनाको बसाई सर्ने गर्दछन् ।


बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको यस जिल्लाका भोटे जनजातीहरु र अन्य समुदाय बर्षादका चार महिना सम्म उत्तरी भेगमा पर्ने चीन तिर जाने गर्दछन, भने केहि महिना गाँउमा बस्ने गर्दछन् । ‘परम्परागत पेशा, घरपरिवार पाल्न र आर्थिक आर्जनका लागि सपरिवार सहित उनिहरु चिसो लाग्ने समय देखिनै छिमेकी बसाइसराइ गर्ने गरेका हिमाली गाँउपालिका ३ गुम्बाका वडा सदस्य जगत लामाले बताएका छन’ । गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा संगै भोटे जनजातीहरु बेशी झर्ने भएपछि बालबालिका पढाई बाट बञ्चित हुने गरेको स्थानियले बताए ।


त्यस्तै हुम्लाका, मैला, मदेना, डाडाफया, श्रीनगर, जयर लगायतका बासिन्दा पनि भेडा, च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु ल्याउर बेशी तिर झरेका छन् । अहिले भेडा र परिवार सहित बेशी झर्नेको लर्को लागिरहेको छ । बाजुरा मात्र ६ सय चालिस भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् । सब परिवार सहित बेशी झर्ने भएपछि अधिकांश जनजाति (भोटे) बासिन्दाका वालवालिका पढाई छोडेर औलतिर झरेपछि तिनिहरुका बालबालिका पढाई बाट बञ्चित भएका छन् ।
जाडो छल्न बेशि झर्ने भएपछि बाजुराको उत्तरी क्षेत्र, मुगु, हुम्लामा बसोवास गर्ने भोटे जनजातिका बालवालिका र महिला हिउँदको समय खोप बाट बञ्चित हुने गरेका छन् । हिउँदमा जाडो हुने भएकाले उनिहरु बेशीतिर झर्ने भएकाले खोप सेवा वाट बञ्चित हुने गरेको हुन् ।

चर्चामा

सम्बन्धित समाचार