बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बाइडेनले बनाए कोभिड–१९ टास्कफोर्सः भने, ‘जीवन बचाउनु छ भने मास्क लगाउनुहोस्’

बाइडेनले बनाए कोभिड–१९ टास्कफोर्सः भने, ‘जीवन बचाउनु छ भने मास्क लगाउनुहोस्’

  • मङ्लबार, कार्तिक २५, २०७७
बाइडेनले बनाए कोभिड–१९ टास्कफोर्सः भने, ‘जीवन बचाउनु छ भने मास्क लगाउनुहोस्’

अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि सबैभन्दा पहिले कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् ।

१३ सदस्यीय यो टास्क फोर्समा तीनजना सह अध्यक्ष र १ सदस्य छन् । टास्क फोर्सबारे बाइडेनले उनले बैज्ञानिक र विज्ञसँग सल्लाह लिने बताएका छन् ।

उनले कोरोना महामारीसँग जुध्नु उनको प्रशासनको पहिलो प्राथमिकता बताएका छन् । उनले भने, ‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको लगातार बढिरहेको संक्रमणमा लगाम लगाउनु हो र मानिसहरुका लागि प्रभावकारी भ्याक्सिन खोज्नु ।’ बीबीसीका अनुसार बाइडेनले बहुमतका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोटको आँकडा पार गरेका छन् । यद्यपि, ट्रम्पले अहिले नै आफ्नो हार स्विकार गरेका छैनन् र सर्वोच्च अदालत जाने बताएका छन् ।

पूरा देशभरी खसेका मतको संख्याको हिसाबले बाइडेन र ट्रम्पबीच ४५ लाख भोटको अन्तर छ । शनिबार बाइडेनको जीतको घोषणा गरिएको थियो तत्पश्चात् बाइडेनले ट्रान्जिशन अर्थात् पदको जिम्मेवारी लिनुभन्दा अघिको तयारी सुरु गरेका छन् ।

नव–निर्वाचित राष्ट्रपति जो बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिशले ट्रान्जिशन वेबसाइट लञ्च गरेका छन् जहाँ उनीहरुले कोरोना महामारीका साथै अर्थव्यवस्थालाई पुनः दुरुस्त गर्ने, जातीय समानता र जलवायु परिवर्तनका लागि काम गर्ने बताएका छन् ।

बाइडनको कोभिड–१९ टास्क फोर्स

टास्क फोर्समा कोभिड–१९ भ्याक्सिन बनाउने अभियानमा निगरानी राख्ने सरकारी एजेन्सीका प्रमुख तथा इम्युनोलोजिस्ट डाक्टर रिक ब्राइट प्रमुख हुन् ।

यसमा ती जानकार पनि समावेश छन् जो पहिलेको रिपब्लिकन सरकार र डेमोक्रेटिक सरकारसँग काम गरेका छन् । बाइडेनले महामारी नियन्त्रणका लागि आफूले राज्य र स्थानीय अधिकारीको सल्लाह लिने पनि बताएका छन् ।

फेडरेशन अफ अमेरिकन साइन्टिस्टमा सिनियर फेलो डाक्टर एरिक फिजल डिंगले बीबीसीसँगको कुराकानीमा महामारीसँग जुध्नका लागि सबैभन्दा पहिलो काम भने विज्ञानलाई आधार बनाएर नीति बनाउनु । यसो गर्न डोनल्ड ट्रम्प विफल रहे ।

डाक्टर एरिक भन्छन्, ‘यो मामिलामा मास्क लगाउने विषयमा मिश्रित प्रतिक्रिया थियो र नेतृत्व पनि तनाव दिने किसिमको थियो । औषधीको विषयमा हतार गर्नु भनेको विज्ञानको गलत प्रयोग थियो ।’

‘मलाई लाग्छ कि बाइडेनले डाक्टर रिकलाई छानेर निकै राम्रो काम गरेका छन् । उनी पहिले नै बायोमेडिकल एडभान्स रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटीका प्रमुख भइसकेका छन् । उनी ती डाक्टरमध्ये एक हुन् जसले महामारीसँग जुध्ने ट्रम्पको तरिकाको आलोचना गरेका थिए । ’

‘उनले सर्जन जनरल डाक्टर विवेक मर्फी र फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन डेभिड केसलरलाई छानेका छन् । यसले यो बताउँछ कि उनी विज्ञान बुझ्छन् ।’

डाक्टर रिक ब्राइटका अनुसार समय हुँदा नै कोभिड बारे दिइएको चेतावनीलाई ट्रम्प प्रशासनले नजरअन्दाज गरेको थियो । –बीबीसी

चर्चामा

सम्बन्धित समाचार