बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • फुटबल
  • एकै खेलमा चार पेनाल्टी : सोलरको ह्याट्रिक, रियल मड्रिड भ्यालेन्सियासँग पराजित

एकै खेलमा चार पेनाल्टी : सोलरको ह्याट्रिक, रियल मड्रिड भ्यालेन्सियासँग पराजित

  • सोमवार, कार्तिक २४, २०७७
एकै खेलमा चार पेनाल्टी : सोलरको ह्याट्रिक, रियल मड्रिड भ्यालेन्सियासँग पराजित

२४ कात्तिक काठमाडौं । कार्लोस सोलरको ह्याट्रिक मद्दतमा भ्यालेन्सियाले स्पानिस ला लिगामा रियल मड्रिडलाई ४-१ ले पराजित गरेको छ ।

चार पेनाल्टी सम्भव भएको खेलमा रियलले पहिलो अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । भ्यालेन्सियाका कार्लोस सोलरले तीन वटा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनी एक पेनाल्टीमा भने चुके ।

रियलका लागि करिम बेन्जामाले गोल गरे । भ्यालेन्सियाको मैदानमा भएको खेलको २३औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए ।

३०औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाएपनि कार्लोस सोलर त्यसमा चुके । युनुस मुसाहले ३०औं मिनेटमै गरेको गोल भिएआरले मान्यता दिएन ।

३५औं मिनेटमा सोलरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ४३औं मिनेटमा रियलका राफेल भरानले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले २-१ को अग्रता बनायो । सोलरले ५४औं र ६३औं मिनेटमा पनि पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

हारपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमायो । ८ खेलबाट १४ अंक रहेको रियल चौथो स्थानमै छ । रियललाई पराजित गर्दै ९ खेलबाट ११ अंक जोडेको भ्यालेन्सिया नवौं स्थानमा उक्लेको छ ।

ग्रानाडालाई २-० ले पराजित गर्दै रियल सोसिडाडले भने आफ्नो उत्कृष्ट लय कायम राखेको छ । जितपछि ९ खेलबाट २० अंङ्क जोड्दै सोसिडाड शीर्ष स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार