शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • तिहारमा देउसी भैलो खेल्न नपाइने

तिहारमा देउसी भैलो खेल्न नपाइने

  • शनिबार, कार्तिक २२, २०७७
तिहारमा देउसी भैलो खेल्न नपाइने

नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएको खबर गोरखापत्रमा छापिएको छ ।

चर्चामा

सम्बन्धित समाचार