बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • आफ्नै सहयोगीहरुलाई बर्खास्त गर्ने ट्रम्पको तयारी

आफ्नै सहयोगीहरुलाई बर्खास्त गर्ने ट्रम्पको तयारी

  • शुक्रबार, कार्तिक २१, २०७७
आफ्नै सहयोगीहरुलाई बर्खास्त गर्ने ट्रम्पको तयारी

अहिले अमेरिकी निर्वाचनको मतगणना चलिरहेको छ र डेमोक्रेटिकका प्रत्यासी जो बाइडेन राष्ट्रपति ट्रम्पको दाँजोमा केही बलिया देखिएका छन् । यद्यपी, पराजित भएपनि २० जनवरीसम्म ट्रम्प नै अमेरिकाको राष्ट्रपति रहनेछन् । त्यसपछि मात्रै उनले जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्ने हो ।

दशौं लाख मत गन्न बाँकी छँदै आफुुले निर्वाचन जितिसकेको दाबी गरेका ट्रम्प जनतालाई यसबारे आश्वस्त पार्न असफल भए । तर, ह्वाइट हाउससँग निकट रहेका रिपब्लिकन पार्टीका तीन सदस्यहरुले पोलिटिको डटकमलाई बताएअनुसार उनी अर्को योजनामा लागेका छन् । हारका बाबजुद आफ्नो दोस्रो कार्यकाल सुरु भएजस्तै व्यवहार गर्ने ।

ट्रम्प र उनका सहयोगीहरुले ह्वाइट हाउसमा बाँकी रहदाँको समय राष्ट्रपति पदको पूर्ण लाभ उठाउने योजना बनाइरहेका छन् । उनले केही क्याविनेट सदस्य र आफ्नै सहयोगीहरुलाई बर्खास्त गर्न सक्छन् । जसमा, एफबिआई निर्देशक क्रिस्ट्रोफर वेरी र रक्षामन्त्री मार्क ईस्पर पनि पर्छन् । उनले केही कार्यकारी आदेशहरुमा हस्ताक्षर गर्न सक्छन् । ट्रम्पको टोलीले अझै धेरै कानूनी चुनौती सामना गर्ने र मतपत्रको विवादलाई अघि लैजाने तयारी गरिरहेको छ ।

एरिजोनाजस्ता राज्यको चुनावी नतिजालाई उनले धाँधली भएको देखेका छन् र अहिले आफुले कमजोर आँकेका डेमाक्रेटिक प्रतिस्पर्धी जो बाइडेनसँग हार्ने संघारमा छन् । त्यसैले उनी निकै चिन्तित छन् । स्थानीय समयअनुसार बिहीबार राती सार्वजनिक रुपमा देखिएका ट्रम्पले मतगणनामा धाँधली भएको आफ्नो आरोप दोहोर्याए । उनले अदालत र सर्वोच्च अदालतसम्म मतपरिणामलाई लिएर लडाँइ लड्ने वाचा पनि गरेका छन् ।

‘सायद, यो मुद्दा यस जमिनकै सबैभन्दा ठूलो अदालतमा गएर अन्त्य हुनेछ, हामी हेर्नेछौं,’ बिहीबार यति भनेर ट्रम्प हिँडेका थिए । तर, धेरैजसो कानूनविद्हरु राज्यपिच्छे इलेक्टोरल प्रणाली भएकाले धाँधलीको मुद्दा सर्वोच्चसम्म पुुग्ने विषय सान्दर्भिक रहेको बताउँछन् ।
यद्यपि, ह्वाइट हाउससँग निकट रहेका रिपब्लिकन पार्टीकै एक सदस्यका अनुसार निर्वाचनपछि ट्रम्पको एजेन्डा आफुलाई अफ्ट्यारोमा पारेका सहयोगीहरुको बर्खास्तीबाट सुुरु हुनेछ । विशेषगरी उनी गुप्तचर र राष्ट्रिय सुरक्षा समुदायका व्यक्तिहरुलाई बर्खास्त गर्न चाहन्छन् । यस्तो बर्खास्ती अर्को साताभित्रै हुनसक्छ, चाहे नतिजा बाइडेनको पक्षमा जाओस् वा अस्पष्ट नै किन नहोस् ।

त्यस्तै, ट्रम्पले अर्को साता चीनसँग सम्बन्धित व्यापारदेखि उत्पादनसम्मका विषयमा विभिन्न आदेशहरु जारी गरेर आफु व्यस्त रहिरहन चाहेको देखाउने अपेक्षा गरिएको छ । ‘उनले सांस्कृतिक र सामाजिक सवालमा पनि आफुले चाहेजसरी केही कार्यकारी आदेश दिन सक्छन्,’ अन्य दुुई सदस्यले भनेका छन् ।

‘आफुले अमेरिकी जनतासँग वाचा गरेजस्तै स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि राष्ट्रपति ट्रम्प लडिरहेका छन् । यही समय देश हाँकिरहेका छन् र अमेरिकालाई फस्र्ट बनाउने आफ्नो जिम्मेवारी बहन गरिरहेका छन्,’ ह्वाइट हाउसका डेपुुटी प्रेस सेक्रेटरी जुद डिरेले विज्ञप्तिमार्फत भनेका छन् । ४ नोभेम्बरमा ह्वाइट हाउसबाट सम्बोधन गरेयता ट्वीटरमार्फत धाँधलीको आरोप लगाए पनि ट्रम्पले आफ्नो आगामी योजनाबारे केही बताएका छैनन् ।

ट्रम्पका सहयोगी र सल्लाहकारहरुका अनुसार उनले यो अवधि टेलिभिजन हेरेरै बिताएका छन् र फोनमा साथीभाई र राजनीतिज्ञसँग कुराकानी गरिरहेका छन् । एक सहयोगीकाअनुसार एकपटक सक्रिय बनेपछि ट्रम्पले आफ्ना गतिविधिहरुलाई थप निरन्तरता दिनेछन् ।

चर्चामा

सम्बन्धित समाचार