बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म

अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म

  • शुक्रबार, कार्तिक २१, २०७७
अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म

सन् १९५१ मा अमेरिकी संविधानमा भएको संशोधन पश्चात् अमेरिकामा एक व्यक्ति चुनाव जितेर अधिकतम दुईपटक सम्म राष्ट्रपति बन्न सक्ने व्यवस्था छ ।

हालसम्म अमेरिकामा ४४ जना व्यक्ति राष्ट्रपति बनिसकेका छन् र ती राष्ट्रपतिहरुका विभिन्न खाले रोचक सन्दर्भहरु छन् । अमेरिकी राष्ट्रपतिका बारेमा केही रोचक तथ्य यस्ता छन् :

१. अमेरिकामा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने ४५औँ व्यक्ति हुन् । तर राष्ट्रपति बनेका व्यक्तिको संख्या गणना गर्ने हो भने उनी ४४औँ व्यक्ति हुन् ।

आखिर अहिलेसम्म केवल ४४ व्यक्तिमात्र अमेरिकी राष्ट्रपति बन्दा डोनाल्ड ट्रम्प ४५औँ व्यक्ति बने त ? यसको कारणचाहिँ ग्रोभर क्लेभल्याण्ड हुन् । क्लेभल्याण्ड एकैजना व्यक्ति भए पनि उनलाई दुईजना राष्ट्रपतिको रुपमा गणना गरिन्छ । उनी अमेरिकाको २२औँ र २४औँ राष्ट्रपति बनेका थिए ।

उनी लगातार दुई कार्यकाल राष्ट्रपति नभइ बीचमा एक कार्यकाल छाडेर अर्को कार्यकाल मात्र राष्ट्रपति बनेको हुँदा उनलाई दुई फरक राष्ट्रपतिको रुपमा गणना गरिन्छ अमेरिकी इतिहासमा ।

क्लेभल्याण्ड सन् १८८५ देखि १८८९ सम्म पहिलो कार्यकाल र सन् १८९४ देखि १८९७ सम्म दोश्रो कार्यकालका लागि राष्ट्रपति बनेका थिए । उनको दुई कार्यकालको बीचमा बेन्जामिन ह्यारिसन अमेरिकाको २३ औँ राष्ट्रपति बनेका थिए ।

२. अमेरिकाका ९ जना राष्ट्रपतिहरुले कहिल्यै पनि कलेज पढेनन् । कलेजस्तरसम्म नपढ्ने राष्ट्रपतिहरुमा जर्ज वाशिङटन, एन्ड्रयू ज्याक्सन, मार्टिन बरेन, जेड टेलर, मिलार्ड फिमोरे, अब्राहम लिंकन, ए जोनसन, क्लेभल्याण्ड र ह्यारी एस ट्रयूम्यान हुन् ।

३. बाराक ओबामा अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति हुन् । उनको जन्म अमेरिकाको हवाइ टापुमा भएको थियो ।

४. सबैभन्दा कम उमेरमा अमेरिकाको राष्ट्रपति बन्ने व्यक्ति थियोडोर रुजवेल्ट हुन् । जो ४२ वर्षको उमेरमा राष्ट्रपति बनेका थिए । त्यस्तै सबैभन्दा पाको उमेरमा राष्ट्रपति बन्ने व्यक्तिचाहिँ डोनाल्ड ट्रम्प हुन् । जो ७० वर्षको उमेरमा अमेरिकी राष्ट्रपति बनेका थिए ।

तर यदि यो पटक जोए बाइडेनले चुनाव जिते भने उनले सबैभन्दा पाको उमेरमा राष्ट्रपति बन्ने कीर्तिमानको रचना गर्नेछन् । किनकि बाइडेनको उमेर ७७ वर्ष छ ।

५. सबैभन्दा अग्लो जीउडाल भएका अमेरिकी राष्ट्रपति अब्राहम लिंकन हुन् । उनको कद ६ फिट ४ इन्च थियो । सबैभन्दा होचा अमेरिकी राष्ट्रपतिचाहिँ चौथो राष्ट्रपति जेम्स म्याडिसन हुन् । उनको जीउको उचाइँ ५ फुट ४ इन्च थियो ।

६. अहिलेसम्म ८ जना अमेरिकी राष्ट्रपतिहरु लेफ्टी अर्थात् बायाँहाते रहेका छन् । दायाँभन्दा बायाँ हात बढी चल्ने अमेरिकी राष्ट्रपतिहरुमा जेम्स ए गारफिल्ड, ह्यार्बर्ट हूभर, ह्यारी एस ट्रयूम्यान, जेराल्ड फोर्ड, रोनाल्ड रेगन, जर्ज बुस, बिल क्लिन्टन र बाराक ओबाम रहेका छन् ।

७. हालसम्मका अमेरिकी राष्ट्रपतिहरुमध्ये जेम्स बुखानन एकमात्र अविवाहित राष्ट्रपति हुन् । त्यस्तै डिभोर्स गरेर एकल पुरुष बनेका राष्ट्रपति रोनाल्ड रेगन हुन् ।

अमेरिकाका ६ जना राष्ट्रपति निसन्तान रहे भने १२ औँ राष्ट्रपति ज्याचरी टेलर सबैभन्दा धेरै सन्तान हुन अमेरिकी राष्ट्रपति हुन् । उनका १५ जना सन्तान थिए ।

८. अमेरिकाका नवौँ राष्ट्रपति डब्ल्यू ह्यारिसन केवल एक महिनामात्रै राष्ट्रपतिको पदमा रहेका थिए । ४ मार्च १८४१ मा राष्ट्रपति बनेका ह्यारिसनको ४ अप्रिल १८४१ का दिन मृत्यु भएको थियो ।

९. हालसम्म ४ जना अमेरिकी राष्ट्रपतिहरुको पदमै रहँदा हत्या भएको छ । राष्ट्रपति पदमै बहाल रहँदा हत्या भएका अमेरिकी राष्ट्रपतिहरुमा अब्राहम लिंकन, जेम्स ए गारफिल्ड, विलियम म्याकिन्ले र जोन एफ केनेडी हुन् ।

चर्चामा

सम्बन्धित समाचार