शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • जंगी अड्डाभित्र भारतीय सेनाध्यक्षले रोपे ओखरको बिरुवा

जंगी अड्डाभित्र भारतीय सेनाध्यक्षले रोपे ओखरको बिरुवा

  • बिहिबार, कार्तिक २०, २०७७
जंगी अड्डाभित्र भारतीय सेनाध्यक्षले रोपे ओखरको बिरुवा

काठमाडौँ —  भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज कुमार नरवणेले भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डामा आखरको बिरुवा रोपेका छन् ।

आफ्ना समकक्षी पुर्णचन्द्र थापाको निमन्त्रणमा तीन दिने भ्रमणको लागि नेपाल आएका सेनाध्यक्ष नरवणेले बिहीबार बिहान जंगी अड्डा पुगेर ओखरको बिरुवा रोपेका हुन् ।

जंगी अड्डामा नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् । यसअघि सेनाध्यक्ष नरवणेले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार