मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • भारतमा कुटिएका ४ विद्यार्थी गड्डाचौकी नाका हुँदै स्वदेश फर्किए

भारतमा कुटिएका ४ विद्यार्थी गड्डाचौकी नाका हुँदै स्वदेश फर्किए

  • बिहिबार, कार्तिक २०, २०७७
भारतमा कुटिएका ४ विद्यार्थी गड्डाचौकी नाका हुँदै स्वदेश फर्किए

धनगढीः भारतको देहरादुनस्थित शाक्य एकेडमीमा कुटपिटमा परेका थप ४ विद्यार्थी स्वदेश फर्किएका छन् ।

एकेडमीमा अध्ययनरत थप ४ विद्यार्थी बुधबार कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी हुँदै स्वदेश फर्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले देहरादुनको शाक्य एकेडमीमा कुटपिटमा परेका मध्ये थप ४ विद्यार्थी स्वदेश फर्किएको दिनेश खबरलाई जानकारी दिए ।

थापाले स्वदेश फर्किनेमा गोरखाका सुरज लामा, लालबहादर तामाङ, प्रदीप लामा र राजेश लामा रहेको बताए । उनीहरुलाई बुधबार नै सार्वजनिक सवारी मार्फत गन्तव्यतर्फ पठाईएको थापाले बताए ।

उनका अनुसार यसअघि पनि गड्डाचौकी नाका हुँदै सोही एकेडमीमा कुटपिटमा परेका ४ विद्यार्थी स्वदेश फर्किएका थिए ।  देहरादुनको भगवान्तपुर, पुरकोल रोडमा रहेको शाक्य एकेडमीमा अध्ययनरत नेपाली विद्यार्थीमाथि दशैँको दिन कुटपिट भएको थियो ।

५१ जना विद्यार्थीमाथि कुटपिट भएको भनिएपनि परराष्ट्र मन्त्रालयले भने १० जना मात्रै कुटिएको जनाएको थियो । उक्त घटनापछि विद्यार्थीका अभिभावकले स्वदेश फर्काउने वातावरण मिलाइदिन माग गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार