शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • जीप दुर्घटना : गम्भीर घाइते १ जना नेपालगञ्ज रेफर

जीप दुर्घटना : गम्भीर घाइते १ जना नेपालगञ्ज रेफर

  • सोमवार, कार्तिक १७, २०७७
जीप दुर्घटना : गम्भीर घाइते १ जना नेपालगञ्ज रेफर

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दुर्घटनामा परी घाईते भएका मोहन्याल गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको जानकारी दिए ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय खडक रावललाई नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

आज दिउँसो मोहन्याल गाउँपालिका वडा नम्बर ४ को बाजपानिमा सुप प्र ०१००१ च २६२३ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको छन ।

चर्चामा

सम्बन्धित समाचार