शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • गोठ र जंगलमा १७ पटक १८ बच्चा जन्माउने यि आमा

गोठ र जंगलमा १७ पटक १८ बच्चा जन्माउने यि आमा

  • शनिबार, कार्तिक १५, २०७७
गोठ र जंगलमा १७ पटक १८ बच्चा जन्माउने यि आमा

बाजुरा–बुढिन्नदा नगरपालिका १ बस्ने ५२ बर्षिय मुगा गिरीले १८ बच्चा पाईन् । १७ पटक सुत्केरी भएकि अन्तिममा उनले जुम्ल्याहा छोरी जन्माइन् । उनका आठ वटा त जिवित छन् भने ९ वटा जन्मेको केही समयमा मृत्यु भएको उनले वताईन् । जुम्ल्याहा समेत गरेर १८ वटा बच्चा जन्माए, जुम्ल्याहा दुइ छोरी मध्ये एक छोरी मात्र बाचेको उनले वताईन् । उनले सबै बच्चा घर र जगंलमा जन्माएको वताईन् ।
मुगा गिरी भन्छन्, धेरै समस्या भयो । हामिले घरमा, जंगलमा खेतवारीमा बच्चा पायौँ । स्वास्थ्य (चौकी) थिएनन् । केही घरेलु सुडेनीको साहारामा बच्चा पायौँ । अहिले पेट दुख्ने, ढाड दुख्ने समस्या भएको उनि बताँउछन् । बच्चा पाउँदा पाठेघर पनि बाहिर आएको थियो । पछि सुडेनीले हातले भित्र हालिदिइन । यसले गर्दा पेट दुख्ने भयो । ढाड दुख्ने त भइ नै रहयो । त्यतीकै ह्वात्त बच्चा त कसरी आउदो होला र ? शरिरमा असर त पर्छ नै । धेरै होसीयार नभएपछि पाठेघर बाहिर आउँछ । रगत धेरै बग्छ र कमजोरी हुन्छ, उनले आफ्नो अनुभब सुनाईन् ।
बच्चा धेरै भयो एकातिर बच्चा पाँउने काम अर्को परिवार पाल्न निकै समस्या भएको उनले वताईन् । काम गर्यौ । बच्चा बोकेर पनि अरुका काम गर्न गयौ । बच्चा बोक्दै पोर्सो (गोठे मल) बोक्यौँ । धान कुट्यौँ । बच्चालाई ओच्छ्यानमै छोडेर घासपात गर्न गयौँ । दाउरा ल्यायौँ । हाम्रो पढाइ लेखाई थिएन । भारी बोकेर काम गरेर बच्चा पाल्यौ । आफ्नो त काम बच्चा पाउने जस्तो मात्रै भयो । श्रीमानले धेरै काम गर्नु परेको वताईन् ।
धेरै बच्चा पाँउदाको असर होला अहिले शरिरलाई दुखी रहने वताईन् । बच्चा धेरै पाएर होकी अचेल सजिलो गरी उठन्, बस्न हुदैन । जिउ दुखिरहन्छ । यी खुटाका पातीना (हिप) दुखिरहेको छ । कहिले काहिँ त रातभरी शरिर दुखेर सुत्न समेत सक्दिन मुगा भन्छन् । मुगा त एकप्रतिनिध पात्र हुन दुर्गम गाँउमा धेरै बच्चा पाँउने आमाहरु धेरै रहेका छन् । अहिले पनि स्वास्थ्य चौकी पहुँच भन्दा टाढा र अर्को परिवार नियोजनका साधनको बारेमा जानकारी नहुनुले धेरै बच्चा पाँउने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि पर्मिला बिष्टले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार