बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • पैसा अभाबमा अलपत्र परेका नविनको धनगढीमा उपचार हुदै

पैसा अभाबमा अलपत्र परेका नविनको धनगढीमा उपचार हुदै

  • शनिबार, कार्तिक १५, २०७७
पैसा अभाबमा अलपत्र परेका नविनको धनगढीमा उपचार हुदै

बाजुरा–आर्थिक अभाबमा खुट्टा भाच्चिएर अलपत्र परेको बुढिगंगा १ कुडिका नविन चदाराको सेति प्रादेशिक अस्पताल धनगढी उपचार भइरहेको छ । बडिमालिका खबरले पैसा नभएर अस्पताल बाट फिर्ता भएको समचार प्रकाशित पछि उनको उद्धार भएर धनगढीमा उपचार भइरहेको छ ।
बडिमालिका खबरको टिम रिपोटिङ्गमा नविनको गाँउमै पुगेको थियो । समचार प्रकाशित पछि पत्रकार दिर्घराज उपाध्यायको पहल तथा समन्वयमा सेति प्रादेशिक अस्पताल धनगढमिा उपचार शुरु भएको छ । नविनको आइतवार शल्यक्रिया हुने अस्पतालले जनाएको छ । नविनकि आमा पाउनीले खुशी हुदै भनिन्, पैसा नभएर छोरा अलपत्र पर्छ भन्ने चिन्ता थियो, पत्रकार घर पुगेर यहाँ सम्म पुयाएर उपचार शुरु गरेको धन्यवाद समेत दिएकि छन् ।
नविनकि आमा पाउनि चदाराले पैसा नभएपछि खुट्टा भाच्चिएको छोरालाइ अस्पताल बाट घर लगेकि थिईन् । पाउनि चदाराको छोेरा ९ बर्षका नविन चदारा लडेर कार्तिक ११ गते बाँया खुट्टा भाच्चिएको थियो । ११ गतेनै नविनलाइ रिन काढेर गाडिमा अछामको बयलगडा अस्पताल पुयाएको थियो । बयलपाटा अस्पताल यहाँ उपचार हुन्न अन्यत्र लग्न भनेपछि पैसा नहुदा घर ल्याएको रुदै आमा पाउनीले वताएकि थिईन् । जेनतेन गरेर अछामको बयलपाटा पुयाए, त्यहाँ उपचार नहुने भएपछि अन्यन्त्र लिने पैसा नहुँदा घरमा ल्याएको उनले वताएकि छन् ।
नविन अहिले आर्थिक अभाबमा अलपत्र परेका छन् । खुट्टा घाउ सँगै भाच्चिएको छ, उपचार अभावमा छट्पटीरहेको बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य विरभान परिले वताएका छन् । नविनका बुवा जोगि चदारा ७ बर्ष देखि भारतमा बेपत्ता छन् । कामका लागि भारत गएका हुन अहिले सम्म सम्पर्क नभएको गाँउलले वताएका छन् ।
आर्थिक अभाबका कारणले पाउनीले स्वास्थ्य बिमा समेत नगरेको वताएकि छन् । स्वास्थ्य बिमा गर्नलाई २५ सय चाहिने भनेपछि आफुले पैसा नहुदा स्वास्थ्य बिमा समेत गर्न नसकेको वताईन् । स्वास्थ्य बिम गर्ने पैसा भएत त्यो भन्दा परिवार पाल्ने थिए, पाउनीले वताएकि छन् । सम्पत्तिको नाममा सानो छाप्रो भन्दा अरुको कुनै रहेको छैन् । छोराछोरी बिद्यालय जाने गरेको भएपनि कापि कलम समेत किन्न नसकेको उनले वताएकि छन् । छोराको उपचारका लागि अपिल समेत गरेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार