आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • समाज
  • पैसा नभएपछि खुट्टा भाच्चिएको छोरालाइ अस्पताल बाट घर लगिन् आमाले

पैसा नभएपछि खुट्टा भाच्चिएको छोरालाइ अस्पताल बाट घर लगिन् आमाले

  • शुक्रबार, कार्तिक १४, २०७७
पैसा नभएपछि खुट्टा भाच्चिएको छोरालाइ अस्पताल बाट घर लगिन् आमाले
बुढिगंगा नगरपालिका १ कुडिकि पाउनि चदाराले पैसा नभएपछि खुट्टा भाच्चिएको छोरालाइ अस्पताल बाट घर लगेर छोराको झिंगा हकाउदै ।

बाजुरा — बुढिगंगा नगरपालिका १ कुडिकि पाउनि चदाराले पैसा नभएपछि खुट्टा भाच्चिएको छोरालाइ अस्पताल बाट घर लगेकि छन् । पाउनि चदाराको छोेरा ९ बर्षका नविन चदारा लडेर कार्तिक ११ गते बाँया खुट्टा भाच्चिएको थियो ।
११ गतेनै नविनलाइ रिन काढेर गाडिमा अछामको बयलगडा अस्पताल पुयाएको थियो । बयलपाटा अस्पताल यहाँ उपचार हुन्न अन्यत्र लग्न भनेपछि पैसा नहुदा घर ल्याएको रुदै आमा पाउनीले वताएकि छन् । जेनतेन गरेर अछामको बयलपाटा पुयाए, त्यहाँ उपचार नहुने भएपछि अन्यन्त्र लिने पैसा नहुँदा घरमा ल्याएको उनले वताएकि छन् ।


नविन अहिले आर्थिक अभाबमा अलपत्र परेका छन् । खुट्टा घाउ सँगै भाच्चिएको छ, उपचार अभावमा छट्पटीरहेको बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य विरभान परिले वताएका छन् । नविनका बुवा जोगि चदारा ७ बर्ष देखि भारतमा बेपत्ता छन् । कामका लागि भारत गएका हुन अहिले सम्म सम्पर्क नभएको गाँउलले वताएका छन् ।
पाउनि चदाराले २ वटा छोरा एउटा छोरी रहेकी छ । परिवार पाल्न त निकै धौ धौ रहेको पाउनिलाई छोरोका उपचार गर्न त निकै टाढाको बिषय बनेको छ । उनले रुदै भनिन्, छोराको उपचारका लागि सहयोग गर्न अपिल समेत गरेकी छन् । पाउनीले माथिल्लो जातिका काम गरेर छोराछोरी पाल्ने गरेकि थिईन् ।
आर्थिक अभाबका कारणले पाउनीले स्वास्थ्य बिमा समेत नगरेको वताएकि छन् । स्वास्थ्य बिमा गर्नलाई २५ सय चाहिने भनेपछि आफुले पैसा नहुदा स्वास्थ्य बिमा समेत गर्न नसकेको वताईन् । स्वास्थ्य बिम गर्ने पैसा भएत त्यो भन्दा परिवार पाल्ने थिए, पाउनीले वताएकि छन् । सम्पत्तिको नाममा सानो छाप्रो भन्दा अरुको कुनै रहेको छैन् । छोराछोरी बिद्यालय जाने गरेको भएपनि कापि कलम समेत किन्न नसकेको उनले वताएकि छन् । छोराको उपचारका लागि अपिल समेत गरेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार