शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • छोरी जन्माएको लगतै मृत्यु भएकि अम्बकलाकी छोरीलाई दुधको समस्या

छोरी जन्माएको लगतै मृत्यु भएकि अम्बकलाकी छोरीलाई दुधको समस्या

  • बिहिबार, कार्तिक १३, २०७७
छोरी जन्माएको लगतै मृत्यु भएकि अम्बकलाकी छोरीलाई दुधको समस्या

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका ४ की २३ बर्षिय अम्बकला रोकायाले छोरी जन्माउने बितिकै अत्याधिक रक्तस्राबका कारणले मृत्यु भयो । उनि बाट जन्मेकि छोरी भने जिवितै रहेकि छन् । असोज २२ गते राति जन्मेकि ति बालिकालाई दुधको ब्यबस्थापन गर्न निकै समस्या भएको स्थानिय धन सिं रोकायाले वताएका छन् ।
आर्थिक अबस्था निकै कमजोर रहेका अम्बकलाको परिवारमा जिवित शिशुलाई दुधको ब्यबस्थापन गर्न नसक्दा समस्या भएको छ । अम्बकलाका श्रीमान दल बोहोराले भने अहिले गाँउलेलाई गाई, भैसीको दुध मागेर खुवाउने गरेका छौ, जेनतेन भएपनि बाँचेकी छ, न भैसी किन्नलाई पैसा छ, नत ल्याक्टोजिन दुध किन्नलाई वताए । अम्बकलाले पहिलो सन्तान छोरीका रुपमा जन्माएको १ घण्टामा मै मृत्यु भएको थियो ।
बच्चा जन्मेदेखी ६ महिना सम्म गाई भैसीको दुध भन्दा ल्याक्टोजिन दुध खुवाउदा राम्रो हुने गरेको चिकित्सले सुझाब दिएका छन् । तर आर्थिक अबस्था निकै कमजोर भएकाले ल्याक्टोजिन दुध किन्न सक्ने अबस्था नभएपछि गाँउले बाट मागेर गाई भैसीको दुधै खुवाउने गरेको वडा अध्यक्ष राजन रोकायाले वताएका छन् । एक पाकेट ल्याक्टोजिनको ८ सय भन्दा बढि पर्ने गरेको छ, एउटा पाकेट दुई देखी दिन सम्मका लागि हुने गरेको छ । आर्थिक नहुँदा दुध किन्न नसकेको आफन्तले वताएका छन् ।
अम्कलालाई असोज २२ गते सुत्केरी ब्यथा लाग्ने बित्तिकै स्थानिय कुरु आधारभुत स्वास्थ्य केन्द्रमा लगे । त्यहाँ कार्यरत अनमि र अहेब नहुँदा ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लग्दै गर्दा बाटोमा उनको मृत्यु भयो । छोरी जन्माएको १ घण्टामा अत्याधिक रक्तस्राबका कारणले मृत्यु भएको थियो ।
गाँउमा प्रसुति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लिदै गर्दा मृत्यु भएको वडा अध्यक्ष राजन रोकायाले वताए । दिउसो सुत्केरी ब्यथा लागेकि अम्बकलालाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ कोही स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउदै गर्दा उनको मृत्यु भएको आफन्तले वताएका छन् । कुरु गाँउमा प्रसुति केन्द्र स्थापना नहुदा त्यहाँका महिलाहरुले धेरै समस्या भोग्दै आएका छन् । यो बर्ष मात्र २ जनाले कोल्टि ल्याउदै गर्दा बाटोमा बच्चा जन्माएको वडा अध्यक्ष रोकायाले वताएका छन् ।
सुत्केरी बोकेर ल्याउदा ५ घन्टा समय लाग्छ त्यो भन्दा सुत्केरी गराउने सम्पुर्ण सामाग्री देखि बत्ती को पनि सुबिधा छ १ जना सुत्केरी गराउने चाहियो भन्दा न्यौपानेले नगर प्रमुख पदम कुमार गिरि लाई सल्लाह गर्छु मात्र भनेर आलटाल गरेको उनले रोकायाले थपे । दुई बर्ष पहिला सोहि गाँउकि ३२ बर्षिय फुगि रोकाया पनि स्वास्थ्य संस्था टाढा भएकाले गाँउमै सुत्केरी अबस्थामा मृत्यु भएको थियो, उनी बाट जन्मेकी छोरी भने जिवितै रहेकी छ । गत बर्ष मात्र बाजुरामा ५ जना सुत्केरीको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार