बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिक्षा
  • कलम माथी सत्ताको आडमा हातपात नगरिहाेस।

कलम माथी सत्ताको आडमा हातपात नगरिहाेस।

  • बिहिबार, कार्तिक ६, २०७७
कलम माथी सत्ताको आडमा हातपात नगरिहाेस।

 सरकार! बिश्व नै कोरोना भाइरसको महामारी सङ्ग लडिरहेका बेला एकातिर सरकार चलाउने दल नै आन्तरिक बिबादमा अल्झिरहेका बेला सरकारले कक्षा १२को परिक्षा तालिका सार्बजनिक गर्न राष्टिय परिक्षा बोडलाई आदेश दिइ कक्षा १२को परिक्षा तालिक सार्बजनिक गरेको छ।

यो कुरा म मात्रै होइन कक्षा १२मा अध्यनरत देशभरका विद्यार्थीको स्वास्थ माथिको खेलबाड हो।बिश्वका अरु देशमा कोरोनाको चर्चा चलिरहदा नेपालको स्थिति सामान्य थियो परिक्षा गर्न उत्तम समय थियो सरकार लकडाउन गरेर परिक्षा स्थगित गर्यो तर अहिके दिनहुँ ५ हजार भन्दा बढी कोरोना संक्रमीत फेला परिरहदा र अर्को तिर नेपाली हरुको महान चाड दशै र तिहारको रौनक बढिरहदा विद्यार्थीलाई मानसिक तनाब दिनु सत्ताको आडमा सुनौलो भबिस्य बोकेका विद्यार्थीहरुको जीवन माथि काडेतारको बार लगाउनु बाहेक अरु केही नभएको ठहर गरेको छु।

अर्को तर्फ सरकारले कोरोना परिक्षणको बेवास्ता गर्दै चर्को मुल्यमा स्वयं ब्यक्तिले कोरोना परिक्षण गर्नुपर्ने र सरकारले कुनैपनी जिम्मा नलिने घोषणा गरेको बेला परिक्षा तालिका र परिक्षा मिति सार्बजनिक हुनु आपत्तिजनक छ। अत: सरकारले कक्षा १२का सम्पुर्ण विद्यार्थीको कोरोना PCR परिक्षण गरेर मात्रै परिक्षा संचालन गर्न आग्रह गर्दछु।।

चर्चामा

सम्बन्धित समाचार