बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • नेकपा स्वामीकार्तिक खापर गाउँपालिका वडा संगठनकाे सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेकपा स्वामीकार्तिक खापर गाउँपालिका वडा संगठनकाे सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • बिहिबार, कार्तिक ६, २०७७
नेकपा स्वामीकार्तिक खापर गाउँपालिका वडा संगठनकाे सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कालिका उपाध्याय / बाजुरा — नेपाल कम्युनिष्ट पार्टी नेकपा स्वामीकार्तिक खापर गाउँपालिका वडा संगठन कमिटीकोे सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका वडा नं पाचँको वडा संगठन कमिटीले आज एक कार्यक्रमको आयोजना गरी सुभकामना आदान प्रदान कार्यक्रम जेरामा सम्पन्न गरेको हो । आउदै गरेको विजया दशमी तथा दिपावलिको पावन अवसरमा नेकपाका नेता तथा कार्यक्रताले एक आपसमा सुभकामना सन्देश आदान प्रदान गरेका हुन ।

नजिकिदै गरेको नेपालीको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा जिल्ला भित्रिएका केहि नेता तथा कार्यक्रताले सवैमा सुभकामना दिदै कोरोना भाईरसका कारण यस वर्षका चाडवाड त्यति प्रभावकारी नहुने भन्दै सवैलाई सुरक्षित भएर चाडवाड मनाउन पनि आग्रह गरेका छन । आज वडा संगठन कमिटीका अध्यक्ष गम्म महताराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा सुदुरपश्चि प्रदेश कमिटी सदश्य कमल कुमारी शाह रहनुभएको थियो ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदश्य चीरन्जीवी शाही, मेगराज शाही, चाउरे विक, राजबहादुर गीरि, रत्नचन्द्र जोशी लगायत विशिष्ट अतिथि रहनुभएको थियो । वडा कमिटीका सचिव जयकणर् विकले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा गाउँ कमिटीका अध्यक्ष सुवणर् शाही, जनप्रतिनिधि, पुर्व गाविस अध्यक्ष गोकणर् शाही, नरेन्द्रराज गिरी, पे्रश सगठन कमिटी कार्यालय सदश्य अनिल शाही, लगायतका नेता तथा कार्यक्रताको सहभागिता रहेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार