शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गाैमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा

गाैमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा

  • बुधबार, कार्तिक ५, २०७७
गाैमुल गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा

बाजुरा —  बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा बुधबारबाट आयुबेर्द नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्ने गरी आज एक औपचारिक कार्यक्रमका बिच उद्धघाटन गरी केन्द्रको सुचारु गरिएको जिल्ला आयुर्वेद केन्द्र बाजुराका कार्यालय प्रमुख दीक्षा भण्डारीले बताएकी छन् ।
गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले एक कार्यक्रमका बिच कार्यालयको उद्धघाटन गर्नुका साथै आजै देखी सेवाहरु संचालन गरिएको छ । उनले दिएको जानकारी अनुसार गाउँपालिकामा संचालन हुने गरी गाउँपालिकाका अध्यक्ष हरी रोकायाले उद्घाटन गरेर सेवा दिन सुरु गरेको प्रमुख भण्डारीले बताएकी छन ।
नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारी रहेकाले उनीहरुले सेवा केन्द्रबाट निशुल्क औधषी वितरण,विरामी चेकजाँच पुर्व कर्म/पन्च कर्म सेवा दिने गरी संचालनमा ल्याएको कार्यालय प्रमुख भण्डारीले बताइन ।
आरोग्य सेवा केन्द्रले गाउँपालिकाका जेष्ठ नागरिकलाई रसायन औषधी वितरण र स्तनपाइ आमालाई दुग्धवतन औषधी वितरण गरिने प्रमुख भण्डारीको भनाई रहेको छ ।
नागरिक आरोग्य सेवा केन्द्र उद्घाटनपछि गाउँपालिकाका अध्यक्ष रोकायाले दुर्गममा आयुर्वेद केन्द्रले सेवा सुचारु गर्न पहल गर्ने जिल्ला आयुर्बेद केन्द्र बाजुरा प्रमुख र प्रदेश सरकारलाइ समेध धन्यबाद ज्ञापन गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले दुर्गममा रहेका सर्बसाधारण जनताका लागि गाउँमै संचालन भएको आयुबेर्द औषधीले धेरैको जीवनमा सहयोग पुग्ने बताएका छन । प्रधानमन्त्री केपी सर्मा ओलीले पनी बिभन्न समयमा भन्दै आएको आयुबेर्दीक औषधी भनेकै यही आरोग्य केन्द्रबाट पाइने हुनाले गाउँपालिका सबैले सो सेवा तथा प्रमर्श लिन अनुरोध समेत गरेका छन ।
उनले दुर्गमका नागरिकहरुलाई उक्त सेवा केन्द्र स्थापना पछि आयुर्वेद सेवा पाउने हुँदा खुसी लागेको अध्यक्ष रोकायले बताए ।
यस्तै केही दिन अगाडी स्वामिकार्तिक खापर गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र विस्तार गरिएको छ । गाउँपालिकाका आयुर्वेदको उपचारबाट विरामीको सेवा गर्ने गरी उक्त केन्द्र विस्तार गरिएको हो ।

गाैमुल गाउँपािलका अध्यक्ष हरी राेकायाकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे संचालन जिल्ला अायुबेर्द स्वास्थ्य केन्द्रका प्रमुख दिक्षा भण्डारीले गरेकी थिइन कार्यक्रममा गाैमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा वडाअध्यक्ष, गाैमुल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत, नेपाल पत्रकार महाँसघं बाजुराका सदस्य लक्ष्मीराज पाध्याय, बडिमालिका खवरका कार्यकारी संम्पादक पदम बहादुर सिहं, साे  पालिकाका  क्रमचारी लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे स्वागत गाैमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले गरेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार