शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • ३ सय ४५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

३ सय ४५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

  • सोमवार, कार्तिक ३, २०७७
३ सय ४५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र २८२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५३ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५१ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार