बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • बिचारमा अराजकता झल्किन्छ

बिचारमा अराजकता झल्किन्छ

  • सोमवार, कार्तिक ३, २०७७
बिचारमा अराजकता झल्किन्छ

सुरेशकुमार पान्डे।
हिँजो आज देशमा भ्रष्टचार गरेको भन्दै ओली र प्रचण्डहरुका डा.बाबुराम ज्यूले पोल खोल्दै हुनुहुन्छ।पोल खोल्नुलाई हामीले खराब मान्नुहुँदैन तर पोल खोल्ने उदेश्य प्रतिपनि सचेत रहनु पर्ने हुन्छ।
डा.बाबुराम जि सँग प्रधान मन्त्रि सम्म पुगेको हैशियत छ र अनुभव पनि छ।
हामी बाबुराम ज्यू लाई नचिनेका मान्छे पनि पर्दैनौ।हुँनता मान्छे हिँजो जस्तो थियो आज उस्तै रहने र आज जस्तोछ भोली पनि उस्तै रहन्छ भनेर दावा गर्न सकिदैन।भारतमा उँहाले अध्यायन गर्नु भयो भारत स्थित नेपालीहरुको अबस्था बारे उँहालाई पनि ज्ञानछ।आफु प्रधान मन्त्रि हुँनेबेला भारत स्थित नेपालीको लागि केहि अंश पाईलो चाल्नु भैन।
भारतमा सन१९७१मा बिध्यार्थी संगठनको निर्माण गर्नु भयो लामा लामा लेख हरु लेख्नुभयो पुस्तक छपाउँनु भयो क्लाश र प्रतिक्षाण दिनुभयो।भारतका जनताले सदैभरी भिड जुटाईदिए मञ्च बनाई दिएर उँहाले भाषण छाट्नुभयो।किन भने भारत स्थित नेपालीहरु मज्दुर थिए अनपढ थिए उनिहरुलाई लाग्थ्यो बाबुराम ज्यु को योग्यता र अनुभवले भारतमा बसेका मज्दुरहरुलाई थोरै भयपनि केहि अनुभव हासिल हुन्छ।किन की त्यो बेला भारमा धेरैजसो पढ्ने लेख्ने बेलामा मज्दुरी गर्न आएका आम शोषित पिढित जनताहरु को रेलो थियो जो नेपालि क्रान्तिको एउटा बलियो बर्गहो।भने अर्को तिर भारतमा अध्यायन गर्न आएका बिध्यार्थिहरुपनि ब्यापक थिए।हामिलाई लाग्थ्यो सन १९५०को सन्धि असमानछ जस्लाई खारेज गर्नु पर्छ अन्याथा त्यहि सन्धिले ढिलो चाँडो देश फिजि बन्नेछ।भारतमा अध्यायन गर्ने बिध्यार्थिहरुलेपनि उक्त सन्धि को बिरोध गर्नुहुन्थ्यो।१९५०को सन्धि खारेज गर!पञ्चसिलको आधारमा सन्धिगर!जस्ता नाराहरु लगाउँनेमा बाबुरामपनि प्रनुभयो।उँहाको सरकार बन्यो।बाबुराम को सरकारबन्दा भारतमा बसेका मज्दुरहरुलाई एउटा आस थियो उन्ले केहि न केही अबस्य गर्छन तर बिडम्बना उन्ले त्यो सन्धिको खारेजीको बारे मा पहेल गर्नुको सट्टा आफै अर्को नयाँ बिप्पा सम्झौता अगाडि सारे।त्यो मात्रै होईन वार्गेनिङ गर्दै जनतामा डर देखाउँन बिप्पा पारीत नगरे देश मर्ज समेत हुँन सक्छ समेत भनेका हुन।
देशभित्र जब जनयुद्ध चलेको थियो प्रचण्डलाई राजा वादी र प्रचण्ड पक्षले उँहालाई भारत प्रस्त भनेर आरोप मात्रै लगाएनन।उहाँलाई घेरा मा राखेर बन्दी गरेपछि बाबु रामको जिवन रक्षाको लागि हामी लड्यौँ।बाबुराम माथि ‘रअ’को आराप पनि लाग्यो।उनिहरुले देशमा संघियता पनि ल्याए,अनि जातिय राजनीतिको उत्पादन कर्तापनि उनिहरुनै हुँन।जब कथित जनयुद्ध चलेको थियो गोरु काटेर नखाने कम्युनिष्ट हुँन सक्दैन भन्नेपनि उनैहुन।आखिरमा मदेशवादी दल सँग मिल्नेपनि बाबुरामनै हुँन।उन्ले जनतामा हाईलाईट हुँन आफ्नो नामको अगाडी बिस्वक्रमा लेखाउँने घोषणा पनि गरे।उन्ले आफु हाईलाईट हुन सक्या सम्म कोसिश गरे,कम्युनिष्ट पार्टी बाट राजिनामा दिए,जनशक्ति पार्टी पनि बनाए।
यति बेला सातौटा प्रदेशलाई ग्यारौटा सम्म बनाउँने भन्नेपनि उनै हुन,जातिय राज्याको माग गर्न समेत उनि पछि परेनन।
सबैलाई थाहाछ देशमा ल्याईएको संघियता देशको र जनताको हित बिपरित छ तरपनि त्यसको खारेज गर्नुको सट्टा त्यसैमा अँझ बढि टुक्रा पारेर आफु मन्त्रि मुख्य मन्त्रि बन्ने सपना देख्दैछन।
अहिले नौ करोडको कुरा उठाएर प्रमाणित गर्न नसके जुन सुकै पनि सजाय भग्नेछुँ भन्छन।आखिर बाबुराम भट्टराईले लगाएको आरोपमा सच्चाई छ वा छैन त्यो बिना छानबिन पत्ता लाग्दैन।हुनता कयौँ पटक हिसिला माथी पनि धनी महिला मध्यकी भन्दै कयौँ कुराहरु पत्र पत्रिकामा न उठेका होईनन।उन्ले कसैले पनि मिहेनत मज्दुरी गरेर राजधानीमा भबन खडागर्न सक्दैनन,भन्दै पनि भन्छन।त्यो हामीपनि भन्छौ सारा जिवन ईमानदारी सँग कसैलेपनि राजधानी के अरु सहरमा पनि राम्रो घरबनाउँन कठिन हुन्छ।सवाले उन्ले के भन्छन त्यो होईन सवाल उन्ले कुन उदेश्यले कुरा उठाउँछन त्यो हो।अहिले भ्रष्टचारको आरोप लगाउँदा पनि उन्को उदेश्य देशभित्र एक प्रकारको अराजक फैलाउँने ता होईन?यो बिषय लाई पनि नजर अन्दाज गर्नु हुँदैन।

चर्चामा

सम्बन्धित समाचार