बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • यौन स्वास्थ्य
  • कामसूत्र : आनन्ददायक यौनका लागि उपयुक्त आसन

कामसूत्र : आनन्ददायक यौनका लागि उपयुक्त आसन

  • शनिबार, कार्तिक १, २०७७
कामसूत्र : आनन्ददायक यौनका लागि उपयुक्त आसन

यौन सम्पर्कले व्यक्तिलाई शारीरिक एवं मानसिक रूपमा समेत तन्दुरुस्त राख्ने गर्छ । तर कहिलेकाँही खराब जीवनशैलीले हाम्रो यौन जीवनलाई पनि असर पार्ने गर्छ । यही कारणले मानिसहरू तनाव र उदासिनताको शिकार हुने गर्छन् ।

गुरु महर्षि वात्स्यायनले मानव जीवनमा यौनको आवश्यकता महसुस गर्दै ‘कामसूत्र’को रचना गरे । ‘कामसूत्र’मा महर्षि वात्स्यायनले आयुर्वेद मात्र नभई समाजशास्त्र, अर्थशास्त्र र योगका लागि पनि यौन सम्पर्कको महत्व बुझाउने कोसिस गरेका छन् । तर अधिक व्यक्तिहरूलाई यौन सम्पर्कको कला र आसनको बारेमा समेत थाहा नहुन सक्छ । यस कारणले मानिसहरू आफ्नो यौन जीवनको पूर्ण आनन्द लिन असमर्थ हुन्छन् ।

यौनका लागि योग

योग पूर्णतया प्रकृतिको एक विज्ञान हो । योगबाटै सिंगो जीवनलाई बुझ्न सकिन्छ । त्यसकारण, भारतका महान योगीहरूले यसलाई जीवन बिताउने तरिकाको रूपमा वर्णन गरेका छन् । योगको मार्ग अनुशरण गरेर, योगीले आफ्नो जीवन सुन्दर बनाउन सक्छन् ।

योग गर्दा शरीरमा शक्ति र लचिलोपना बढ्छ । यसले शरीरसँग दिमागको जोडलाई बलियो बनाउन मद्दत गर्छ । यौन सम्पर्कले मन र शरीरको सम्पूर्ण अवस्थालाई बलियो बनाउँछ । यौन सम्पर्कको क्रममा दिमाग र शरीरका सम्पूर्ण अवस्था समावेश हुन्छ ।

धेरै जसो पोर्नस्टारहरूले सुझाव दिन्छ कि यौन सम्पर्कलाई लामो समयसम्म चलाउने सबैभन्दा राम्रो तरीका भनेको दिमागलाई नियन्त्रण गर्नु हो ।

योग र यौनिकतालाई एकसाथ मिसाएर अद्भुत अनुभवहरू प्राप्त गर्न सकिन्छ । योगले यौन सम्बन्धहरूलाई पनि भौतिक मात्रै नभएर आध्यात्मिक बनाउन प्रेरित गर्छ ।

यौन जीवनमा योगका फाइदाहरू

योग अभ्यासले पारस्परिक सम्बन्धलाई बलियो बनाउँछ । यससँगै यसले हाम्रो मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ । यसले मानसिकता वा सन्तुष्टि बढाउँछ, जसको परिणाम स्वरूप चिन्ता र तनाव कम हुन्छ ।

सुरु गर्नु अघि

योग सुरु गर्नुअघि कहिल्यै हतार नगर्नुहोस् । केही समय शान्तिपूर्वक ध्यान गर्नुहोस् । यस समयमा टाउको, घाँटी र मेरुदण्ड पंक्तिबद्ध राख्नुहोस् । गहिरो सास लिनुहोस् । दिमागबाट सबै चिन्ताहरू हटाउनुहोस् र त्यो क्षणमा स्थिर रहने प्रयास गर्नुहोस् । याद गर्नुहोस् कि योग तपाईंको पहिलो अभ्यास हो । योग सत्र सकेपछि राम्ररी आराम गर्नुहोस् र जीवनको सबै तनावलाई आफूबाट टाढा जान दिनुहोस् ।

कामसूत्रमा योग स्थिति

१. हलासन

हलासनको विधिः

१. योग गर्नुपूर्व तपाईंको पीठलाई म्याटमा राख्नुहोस् ।

२. हातलाई शरीरको नजिक लैजानुहोस् । हत्केलाले जमिनमा टेक्नुहोस् ।

३. लामो सास फेर्दै खुट्टाहरूलाई माथितिर उठाउनुहोस् ।

४. खुट्टाले कम्मरबाट ९० डिग्रीको कोण बनाउँछ । यसको दबाब पेटको मांसपेशीहरूमा पर्नेछ ।

५. खुट्टा उठाउँदा कम्मरलाई हातले समात्नुहोस् ।

६. सिधा खुट्टाहरू टाउकोतर्फ झुकाउनुहोस् र टाउको पछाडि सार्नुहोस्।

७. खुट्टाको औंलाले जमीनलाई छुनुपर्छ ।

८. हातहरू कम्मरबाट हटाउनुहोस् र सिधा भुइँमा राख्नुहोस् ।

९ जमीनमा समानान्तर रहनेगरी कम्मर राख्नुहोस् । एक मिनेटको लागि यस स्थितिमा रहनुहोस् ।

१०. खुट्टालाई एक समान गतिको साथ सामान्य अवस्थामा फर्किनुहोस् ।

२.उत्तानासन

उत्तानासनको विधिः

१. योगको लागि चकटीमा सिधा उभिनुहोस् र दुवै हात कम्मरमा राख्नुहोस्।

२ लामो सास भित्र तानेर घुँडालाई सामान्य रुपमा खुम्च्याउनुहोस् ।

३. कम्मर झुकाउँदै अगाडि मोड्नुहोस् ।

४. शरीर सन्तुलनमा राख्ने प्रयास गर्नुहोस् ।

५. कम्मरलाई थोरै पछाडि सार्नुहोस् ।

६. तपाईंका खुट्टाहरू एक अर्कासँग समानान्तर हुनुपर्नेछ ।

७. तपाईंको छाती खुट्टाको माथि हुनेछ ।

८. छातीका हड्डीहरू र पिँडुलाको बीचमा फराकिलो ठाउँ हुनेछ ।

९. फिलाको भित्रपट्टि थिच्नुहोस् र शरीरलाई सोही अवस्थामा केही बेर स्थिर राख्नुहोस्।

१०. टाउकोलाई तलतिर खुट्टामा झुकाउनुहोस् ।

११. लामो सास भित्र तान्नुहोस् र कम्मरमा हात राख्नुहोस् ।

१२. बिस्तारै उठेर सिधा बस्नुहोस् ।

यौन जीवनमा उत्तानानका फाइदाहरूः

यो आसनमा महिलालाई राखेर यौन सम्पर्क गर्ने हो भने यसमा दुई गुणा फाइदा मिल्ने बताइन्छ । यो आसनमा खुट्टाहरु थोरै भए पनि फराकिलो हुनुपर्छ ।

यस अवस्थामा महिला साथीसँग पुरुष हाबी भएको हुन्छ र यौन सम्पर्कभन्दा पहिले महिलाको संवेदनशील अंग वरपर बिस्तारै छुनुपर्छ । यसले महिलाहरूमा थप उत्तेजना बढ्ने गर्छ ।

अधोमुख श्वानासन

यस्तो आसनको विधिः

१. सबैभन्दा पहिले योग म्याटमा सुत्नुहोस् ।

२. सास फेर्दै, शरीरलाई खुट्टा र हातले उचाल्नुहोस्

३. सास छोड्दा बिस्तारै कम्मरलाई माथि सार्नुहोस् ।

४. कुहिनो र घुँडा टेक्नुहोस् ।

५. निश्चित गर्नुहोस् कि शरीर भी आकारमा उल्टो छ ।

त्रिपद अधोमुख श्वानासन

यो आसन मध्यवर्तीस्तरको अष्टांग योग मुद्रा मानिन्छ । यस आसनमा दुई हात र एक खुट्टाले शरीरलाई जमिनमा अडाउने गरिन्छ ।

यस आसनमा एउटा खुट्टा आकाशतिर फर्काइन्छ । जबकि बाँकी शरीर तलतिर झुकाइएको हुन्छ । यो केवल यौन सम्पर्कको क्रममा अत्यधिक योग गर्ने जोडीले मात्रै गर्न सक्छन् । यो आसन धेरै सावधानीपूर्वक गर्नु आवश्यक छ, किनकि यसले चोटपटक पनि निम्त्याउन सक्छ ।

यो आसनका विधिहरूः

– योग गर्नुपूर्व एउटा चकटीमा बस्नुहोस् ।

– लामो सास फेर्दै, खुट्टा र हातले शरीरलाई उठाउनुहोस्

– सास छोड्दा बिस्तारै कम्मरलाई माथि लैजानुहोस् ।

–शरीरलाई उल्टो भी आकारमा राख्नुहोस् ।

–त्यसपछि दायाँ खुट्टा माथिपट्टि उचाल्नुहोस्।

–एउटा खुट्टा टाउको र मेरुदण्डसँग मिल्नेगरी सिधा राख्नुहोस् ।

– कानले हातहरूको भित्री भागलाई छुनेछ।

– नाभीमा आँखा केन्द्रित गर्ने प्रयास गर्नुहोस्।

–६० सेकेन्डपछि खुट्टा भुइँमा राख्नुहोस् ।

–यसपछि दुवै घुँडा जमिनमा राख्नुहोस् ।

सेतु बन्धन

योगीहरूले सेतु बन्धनासन वा सेतु बन्धन सर्वंगासका बारेमा समेत उल्लेख गरेका छन् । यसलाई अंग्रेजीमा ब्रिज पोज पनि भनिन्छ।

सेतु बन्धनासनका विधिहरूः

– यो योगका लागि सबैभन्दा पहिले चकटीमा सुत्नुहोस् ।

–सासको गति सामान्य राख्नुहोस् ।

–यसपछि दुवैतर्फ साइडमा हात राख्नुहोस् ।

–अब बिस्तारै आफ्ना घुँडा मोड्नुहोस् र खुट्टालाई कम्मरसम्म ल्याउनुहोस् ।

–केहि समयको लागि सास रोक्नुहोस् ।

–खुट्टा सिधा राख्नुहोस् र आराम गर्नुहोस् ।

यौन सम्पर्कको क्रममा सेतु बन्धनासनका फाइदाहरू

डेबी हार्निक भन्छिन्, ‘सेतू बन्धासनको नियमित योगाभ्यास गर्दा पनि केही महिलाहरूले यसमा आनन्द लिन नसकेको देखिन्छ । यो आसन विशेष गरी उनीहरूको जोडीको लागि हो, जसको यौन जीवनमा बोरिङ धेरै भएको छ वा उनीहरू यौन सम्बन्ध राख्नै रुचि राख्दैनन् ।

यस आसनमा गरिएको यौन अनुभव धेरै सनसनीपूर्ण र अविस्मरणीय हुन सक्छ ।

बालसाना

बाल संस्कृत शब्द हो, जसको अर्थ बच्चा भन्ने हुन्छ । जबकि आसनको अर्थ बसाइ भन्ने हुन्छ । यसर्थ यी दुई शब्दको सामूहिक अर्थ भनेको बच्चाको जस्तो आसन हो ।

बालासन शरीरको हराएको ऊर्जा फिर्ता गर्नसक्ने आसन हो । जसले शरीरलाई आराम दिने गर्छ । बालासनले शरीरका मांसपेशीहरूलाई आराम दिन्छ र दुखाइ कम गर्न मद्दत गर्छ । विशेष गरी जब कम्मर, घाँटी र काँधमा दुखाइ आउँछ, त्यस्तो बेलामा यो आसन उपयोगी हुन सक्छ ।

बालासानाको विधिः

–योग म्याटमा घुँडा टेक्नुहोस् ।

–टाउको र खुट्टा दुवै छुनुहोस् ।

– जतिसक्दो धेरै घुँडा घुमाउनुहोस् ।

– लामो सास तान्नुहोस् र अगाडि झुक्नुहोस् ।

– दुई फिलाको बीचमा पेट सार्नुहोस् र सास छोड्नुहोस् ।

– कम्मरको पछाडिको भागलाई चौडा गर्नुहोस् ।

–टाउकोलाई पछिपट्टि लैजानुहोस् ।

–हातलाई अगाडिपट्टि ल्याउनुहोस् ।

– दुवै हातलाई घुँडामा राख्नुहोस् ।

यौन जीवनमा बालासनका फाइदाहरू

बालासनमा यौन सम्बन्ध राख्दा साथीको खुट्टामुनि तकिया राख्न सकिन्छ । यसले खुट्टा उचाइमा हुँदा झनै फाइदा गर्ने गर्छ । यो स्थिति ती जोडीहरूका लागि राम्रो हुन्छ जसलाई शरीरको पछिल्लो भागको दुखाइ छ ।

भुजंगासन

भुजङ्गासन सूर्य नमस्कारको १२ आसनमध्ये आठौं हो । भुजंगासनलाई सर्पासन, कोब्रा आसन वा सर्प मुद्रा पनि भनिन्छ । यस आसनमा शरीरलाई सर्पको आकारमा राख्ने गरिन्छ । यो आसन भुइँमा सुतेर पनि गर्न सकिन्छ । यस्तो आसनमा टाउको सर्पको उठेको टाउकोको आकारमा राखिन्छ ।

भुजंगासनका धेरै फाइदाहरू हुन्छन् । यसले हाम्रो पछाडिको भागलाई बलियो र मेरुदण्ड लचिलो बनाउँछ । यसले हाम्रो पाचन र प्रजनन प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ । यसले मेरुदण्डको शक्ति र लचिलोपन बढाउन सक्छ । तल्लो पेटमा उपस्थित सबै अंगहरूको क्षमता वृद्धि गर्न सकिन्छ ।

भुजंगासन गर्ने विधिः

–पेट जमीनमा पर्ने गरी सुत्ने ।

–दुवै हत्केलालाई जमिनतिर तिघ्राको नजिक राख्नुहोस् ।

–मनमा राख्नुहोस् कि हत्केलाहरू एकले अर्कालाई छुन्छन् ।

–हातहरू काँध र हड्डीलाई बिस्तारै जमिनको सतहतिर ल्याउनुहोस् ।

–शरीरलाई तपाईंको हत्केलामा राख्नुहोस् । लामो सास तान्नुहोस् ।

–टाउको उठाउनुहोस् र पछाडिपट्टि सकेसम्म मर्काउनुहोस् ।

–टाउको पछाडि तान्दा, छाती सकेसम्म कम मात्रै अगाडि राख्नुहोस् ।

– टाउकोलाई सर्पको आकारमा राख्नुहोस् ।

–काँधलाई कानसँग जोडिन नदिनुहोस् ।

– यो स्थितिमा शरीरलाई १५ देखि २० सेकेन्डसम्म राख्नुहोस् ।

– यस समयमा सासको सामान्य गति कायम राख्नुहोस् ।

– पेटलाई भुँडीतर्फ दबाउनु पर्ने हुन्छ ।

– अभ्यास हुँदै गएपछि २ मिनेटसम्म पनि यो आसन गर्न सक्नुहुन्छ ।

– अभ्यासपछि आफ्नो टाउकोलाई भुइँमा आरामसँग राख्नुहोस् । आफ्नो हात टाउको मुनि राख्नुहोस् ।

–बिस्तारै टाउकोलाई एकतर्फ मोड्नुहोस् र दुई मिनेटको लागि बिस्तारै सास फेर्नुहोस् ।

भुजंगासनको यौन स्थितिमा फाइदा

यो आसनमा यौन सम्पर्क गर्दा छोटो अवधिमा महिला साथीले अर्गेज्मको अनुभव गर्न सक्छन् । साथै, यो आसनमा महिला साथीलाई राख्दा उनीहरुको योनीको पर्दा बन्द भएको हुन्छ । यसले पनि यौन सम्पर्कमा धेरै रमाइलो अनुभव हुन्छ । यस्तो हुँदा केटा र केटी साथीको यौन सन्तुष्टिका लागि यो फाइदाजनक हुन्छ ।

निष्कर्ष

योग मानव जीवनको हरेक पक्षको सुधारका लागि उपयोगी हुन्छ । यसले मान्छेको शारीरिक र मानसिक समस्या समाधानमा समेत फाइदा गर्ने गर्छ । योगले यौन जीवनलाई सुधार गर्न पनि मद्दत गर्छ ।

वास्तवमा यो अचम्मको कुरा यो हो कि पहिलेका ऋषि र योगीहरूले जंगलको घाँस कुटेर र गुफामा बसेर, मानव जीवनको लैङ्गिक आवश्यकतालाई बुझे र यसको लागि यति धेरै महान आसनहरूको व्यवस्था गरे । आज पनि कामसूत्र जस्ता ग्रन्थहरू मानव जातिका अमूल्य सम्पदाहरू हुन् । जसले भोलिका जनताको जीवनलाई सहज बनाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार