मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा बाजुराको कार्यालय बैठक सकियो, यस्ता छन् निणर्यहरु

नेकपा बाजुराको कार्यालय बैठक सकियो, यस्ता छन् निणर्यहरु

  • शुक्रबार, अशोज ३०, २०७७
नेकपा बाजुराको कार्यालय बैठक सकियो, यस्ता छन् निणर्यहरु

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालयको बैठक विहिबार विहान सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा सम्पन्न भएकाे छ ।
बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यालयको बैठकले ४ वटा महत्वपुण निणर्यहरू सार्वजनिक गर्दै बैठक सकेको प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन ।
बैठकमा नेकपा बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर ओली, जनक बोहरा उपस्थित भएको नेकपा बाजुराका सचिवालय सदस्य तथा पार्टी कार्यालय सचिव काँशी विकले जानकारी दिएका छन् ।

बैठकले  बिजया दशैं तथा शुभ दिपावलीको अवसरमा जिल्लाका सबै वडामा शुभकामना आदान प्रदान कार्यक्रम संचालन गर्ने निर्णय गरेकाे कार्यालय सदस्य काशी बिकले बताएका छन । त्यसै गरी  जिल्ला कार्यालय सदस्य नयाँराम बि.क (कुबेर) को यहि मिति २०७६ चैत्र ६ गते असामयिक निधनले पार्टीले अतुलनिय क्षेति बेहाेरेकाे र  यस दुखद घडिमा सोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना र दिवगंत कमरेड प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएकाे नेकपा बाजुराले जनाएकाे छ । त्यस्तै   यहि मिति २०७७ कार्तिक मसान्त सम्म पार्टी सदस्यता अध्यावधि गर्ने र मंसिर मसान्त सम्म नविकरण कार्य सम्पन्न गर्ने निर्णय गरिएकाे जनाएकाे छ । त्यसै गरी  पार्टीको आगामी जिल्ला कमिटीको बैठक यहि मिति २०७७ मंसिरमा सम्पन्न गर्ने निर्णय गरेकाे नेकपा बाजुराका प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार