शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • वडाध्यक्षविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

वडाध्यक्षविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

  • शुक्रबार, अशोज ३०, २०७७
वडाध्यक्षविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

जनकपुरधाम उपमहानगरपालिकाका एक जनप्रतिनिधि र कार्यालय सहयोगीबिरुद्ध अदालतमा आरोपपत्र दायर भएको छ । जनकपुरधाम वडा नम्बर १३ का वडा अध्यक्ष र कार्यालय सहयोगीबिरुद्ध विशेष अदालत काठमडौंमा आरोपपत्र दायर भएको हो । वडाअध्यक्ष शुभनारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पञ्जियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

केहि दिनअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए बापत सेवाग्राहीसँग घुस मागेको आयोगको आरोप छ । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटेको टोलीले पञ्जियारलाई सेवाग्राहीबाट २४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डलले भने अनुसार नै पञ्जियारले घुसबापत २४ हजार रुपैया लिएको तथ्य प्रमाणसहित पुष्टि भएको छ । सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारको कार्यालयले जनाएको छ । आरोपपत्र दायर भएसङ्गै वडाध्यक्ष मण्डलको पद र कार्यालय सहयोगीको पद स्वतः निलम्बन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार