शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • आइसियु खाली नहुँदा वीर अस्पतालमा बिरामीको मृत्यु

आइसियु खाली नहुँदा वीर अस्पतालमा बिरामीको मृत्यु

  • बिहिबार, अशोज २९, २०७७
आइसियु खाली नहुँदा वीर अस्पतालमा बिरामीको मृत्यु

काठमाडौं – वीर अस्पतालको आइसियु खाली नहुँदा एक जना बिरामीको मृत्यु भएको छ। ब्रेन ट्युमर भएकी रौतहटको कटहरिया नगरपालिका वडा नं ४ की ४३ वर्षीया एक महिलाको आइसियु अभावमा मृत्यु भएको हो।

ब्रेन ट्युमरको उपचार गर्न उनी असोज २ गते अस्पताल भर्ना भएकी थिइन्। पिसिआर परीक्षणमा उनको कोरोना पोजेटिभ आएपछि उनलाई कोरोना वार्डमा राखिएको थियो। बिरामीको अवस्था गम्भीर भएकाले बुधबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। तर बिरामीका आफन्तले भने अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्।

मृतकका छोरा विजय यादवले अस्पतालले उपचारमा लापरबाही गर्दा आमाको मृत्यु भएको बताए। आमालाई दिउँसोदेखि श्वासप्रश्वासमा समस्या भएपनि कुनै पनि चिकित्सकले हेर्न नआएको उनले बताए। छोरा यादवका अनुसार उनको कोरोना नगेटिभ आइसकेको छ। उनले भने, ‘आमालाई दिउँसोदेखि श्वास फेर्न गाह्रो भएको थियो। मैले आमालाई गाह्रो भयो हेरिदिनु न भन्दा कसैले सुनेनन्। नर्सले पनि डाक्टर आएपछि हेर्नुहुन्छ मात्र भने। अस्पतालले उपचार नगर्दा मेरो आमाको मृत्यु भयो।’

अस्पतालका निर्देशक डा सेन्चुरीले उनलाई आइसियुमा भर्ना गर्नुपर्ने भएपनि आइसियु खाली नभएका कारण आइसोलेसनमै राखिएको बताए। उनले भने, ब्रेन ट्युमरको बिरामी अनि कोरोना भएको थियो। उनको अवस्था गम्भीर थियो। आइसियुमा सार्नुपर्ने भएपनि हामीसँग बेड खाली थिएन। # स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार