शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा कम उमेरमा आमा बन्दा ज्यान जोखिममा

बाजुरामा कम उमेरमा आमा बन्दा ज्यान जोखिममा

  • बुधबार, अशोज २८, २०७७
बाजुरामा कम उमेरमा आमा बन्दा ज्यान जोखिममा

लक्षमीराज पाध्याय–बाजुरामा कम उमेर बिहे गर्ने र कम उमेरमै बच्चा जन्माउनाले महिलाको स्वास्थ्यमा समेत निकै असर पारको छ । बालविवाहको भयावह अवस्था रहेको बाजुरामा कलिलो उमेरका गर्भवती उच्च जोखिम बेहोर्दै छन् । २० वर्ष नपुगेका गर्भवती सुत्केरी हुने बेला अप्ठेरो भएर मृत्युको मुखमा पुग्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
धेरै बच्चा जन्माउने र सानै उमेरमा बच्चा जन्माउदा धेरै महिलाले मृत्युको मुखमा पुग्नु परेको स्वास्थ्यकर्मी  तथा बडिमालिका नगरपालिका स्वास्थ्या साखा प्रमुख  । केही दिन पहिला मात्र बुढिनन्दा नगरपालिका ४ की २३ बर्षिय अम्बकला रोकायाको बच्चा जन्माएको १ घण्टामै मृत्यु भएको थियो । २०७६ सालमा बाजुरामा ५ जना सुत्केरीको मृत्यु भएको थियो । सानै उमेरमा बिहे र धेरै बच्चा जन्माउने कारण मृत्यु मुख्य कारण बनेको थियो ।
०६८ को जनगणना अनुसार बाजुराका २४ हजार ९ सय १९ महिलाले २० वर्ष नपुगी विवाह गरेका छन् । यीमध्ये पनि ४ हजारको विवाह १५ वर्ष नपुग्दै भएको उल्लेख छ । स्वास्थ्य कार्यलय बाजुराका अनुसार आर्थिक बर्ष ०७४।०७५ मा २० बर्ष नपुग्दै ५ सय ९२ जना गर्भवती भएको तथ्याङ्क रहेको छ । त्यस्तै आर्थिक बर्ष ०७५।०७६ मा ४ सय ८६ र आर्थिक बर्ष ०७६।०७७ मा ४ सय ५१ जना २० बर्ष नपुग्दै गर्भवती भएको स्वास्थ्य कार्यलय बाजुराका तथ्याङ्क प्रमुख रुगम थापाले वताएका छन् ।
यो त स्वास्थ्य चौकीमा आएको तथ्याङ्क हो अझै २० बर्ष कम उमेरमै बच्चा जन्माउने संख्या बढि हुन सक्ने थापाले वताएका छन् । तथ्याङ्कमा हेर्ने हो भनेपनि बाजुरामा धेरै २० बर्ष नपुग्दै दुईतिन बच्चा जन्माईसकेको पाईएको छ । बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले भने चाडै बिहे गर्ने बच्चा जन्माउने प्रचलन नौलो नभएको वताएका छन् ।
गत बर्ष बुढिगंगा १० रमिला रावत प्रसूति व्यथाले च्यापेपछि गाँउलेले गाउँकै स्वास्थ्य उप–केन्द्र र्पुयाए । त्यहाँकी अनमीले सुत्केरी गराउन नसक्ने बताउँदै तत्काल सुविधायुक्त अस्पताल लैजान भनिन् । गाउँ नजिकैबाट यातायात सुविधा भएकाले २० वर्ष उमेर नपुगेकी रमिला रातारात अछामको बयलपाटा अस्पताल र्पुयाइयो । बयलपाटा अस्पतालका चिकित्सकले जोखिम मोले । बल्लबल्ल रमिला ज्यान जोगियो । कलिलो उमेरमा गर्भवती भएर सुत्केरीका बेला जोखिम बेहोर्नुपरेको सरस्वती मात्रले होइन ।
बाजुराका ग्रामीण क्षेत्रमा धेरैजसो २० वर्ष उमेर नपुग्दै गर्भवतीले जोखिम मोल्नुपरेको छ । कम उमेरमा बच्चा जन्माउने धेरै बच्चा जन्माउदा महिलाले स्वास्थ्य जोखिम मोल्दै आएका छन् । धेरै बच्चा जन्माउने, जन्मदर पनि निकै कम हुने गरेको पाईएको छ । आमा र बच्चा कुपोषणको चपेटामा पर्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार