शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सामाजिक सञ्जाल
  • फेसबुकका कारण दाम्पत्य सम्बन्धमा दरार

फेसबुकका कारण दाम्पत्य सम्बन्धमा दरार

  • मङ्लबार, अशोज २७, २०७७
फेसबुकका कारण दाम्पत्य सम्बन्धमा दरार

सामाजिक सञ्जालको उच्च प्रयोग र वैवाहिक सन्तुष्टिमा सिधा सम्पर्क हुन्छ। सामाजिक सञ्जालले विवाहित दम्पतीको जीवन गुणस्तर र खुसीमा कमी ल्याउँछ। यही सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्धविच्छेदका घटना लगातार बढिरहेको छ।

नेपाल बाहिर गरिएका विभिन्न अध्ययनहरूले फेसबुक प्रयोगकर्तामा वार्षिक २० प्रतिशतले सम्बन्ध विच्छेदको घटना बढेको उल्लेख गरेको छ। एउटा अचुक सत्य के हो भने हामीले सामाजिक सञ्जालमा गर्ने व्यवहारले हाम्रो जीवनसाथीलाई चोट भने पक्कै पनि पु¥याउन सक्छ। यो कुरा धेरै अध्ययनमा स्पष्ट भएको छ।

सम्बन्धको मनोविज्ञानमा सामाजिक सञ्जालले केही नकारात्मक भूमिका पक्कै पनि खेलेको छ। अध्ययनका अनुसार सामाजिक सञ्जाल प्रयोग नगर्नेहरू आफ्नो वैवाहिक जीवनमा ११ प्रतिशत भन्दा बढी खुशी छन्।

सामाजिक सञ्जालले सम्बन्धलाई कसरी असर गरिरहेको छ, यो केही घटनाहरूबाट स्पष्ट हुन्छ
२०७६ असार १६ गते भक्तपुरको चाँगुनारायणकी एक महिलाले आफ्नो प्रेम सम्बन्धमा बाधक भएपछि आफ्नै आमाको हत्या गराइन्।

श्रीमान् हुँदाहुँदै फेसबुकबाट भेटिएका परपुरुषसँग सम्बन्ध राखेको भेटेपछि आमाले पटक पटक सम्झाउँदै आएकी थिइन्। तर उनले प्रेम सम्बन्ध त्याग्नभन्दा आफ्नी आमालाई नै पन्छाउने निर्णय गरिन्।

कतै सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको बारेमा सार्वजनिक गर्ने धम्की त कहिले प्रेम सम्बन्ध असफल हुने सम्भावना देखेपछि हत्या गर्ने चक्रहरु धेरै सामाजिक सञ्जालमा नै देख्न सकिन्छ।

सामाजिक सञ्जालले धेरैलाई अहिले नजिक ल्याउने गरेको छ। वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश गएकाहरुमा पनि धेरै यस्ता समस्या देखिने गर्छन् । यसको अर्थ सबै यस्तै स्वाभावका हुन्छन् भन्ने भने होइन।

नेपालमात्र नभएर भारत र अन्य मुलुकमा समेत यस्तो समस्या पर्याप्त देख्न सकिन्छ, जुन रोचक रोचक खालको हुन्छ। भारतको चण्डीगढकी एउटी महिलाले श्रीमानसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरिन्। त्यसको कारण थियो उनका पति ढिलासम्म व्हाट्सएपमा सक्रिय हुन्थे।

महिलाले यस सम्बन्ध विच्छेदको लागि जिल्ला कानुनी सेवा प्राधिकरणसँग सहयोग मागिन्। ती महिलाको गुनासो थियो कि उनी राति सुत्न गएको बेला आफ्ना पतिले राति अबेरसम्म ह्वाट्सएप चलाएर बस्ने गर्छन्। यसको आधारमा ती महिलाले आफ्ना पतिको अरू कुनै महिलासँग सम्बन्ध रहेको आशंका गरिन्।

कतै आफ्नो पतिले सामाजिक सञ्जालमा राखेको तस्वीरमा प्रतिक्रिया नदिएको आरोपमा सम्बन्ध विच्छेदको माग गरेकी छन् भने कतिपयले कतिपयले धेरैबेर अरुसँग कुरा गरेको भनेर नै त्यसमा आपत्ति जनाउने गरेका छन्। यसरी सामाजिक सञ्जाल सानो सानो विषयमा पनि सम्बन्ध जोड्नेभन्दा पनि तोड्ने सञ्जाल बन्ने गरेको छ।

सामाजिक मिडियामा बढ्दो घुसपैठ
एक समय थियो जब एकले सन्देश पठाउनको लागि परेवाको साहारा लिनु पर्दथ्यो। धेरैपछिमात्रै पोस्टकार्डको सुरुवात भएको हो। एउटा सूचनाको जवाफ लिनको लागि महिनौं कुर्नुपर्ने हुन्थ्यो।

त्यतिहुँदा पनि एकले अर्काको राम्रैसँग ख्याल राख्न भ्याएका हुन्थे। तर अहिले सामाजिक सञ्जालले तत्कालको तत्कालै सबैकुरा आदानप्रदान गर्न सकिन्छ। तर यसले सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव धेरै पारेको छ।

सामाजिक सञ्जालको विगतलाई हेर्दा सन् १९९५ सालमा पहिलोपटक क्लासमेट डटकमको नामबाट सामाजिक सञ्जालको सेवा सुरु भएको थियो। अहिले आएर २०० भन्दा धेरै यस्ता सामाजिक सञ्जालहरू रहेका छन्। यो क्षेत्रमा मार्क जुकरबर्गले फेसबुक ल्याएपछि भने ठूलै क्रान्ति आयो।

तथ्यांकका अनुसार जनवरी २०१६ मा जब सम्पूर्ण विश्व जनसंख्या ७.३ अर्बको जनसंख्या थियो त्यतिबेला विश्वमा ३.४ अरबभन्दा बढी मानिसहरूले इन्टरनेट प्रयोग गरिरहेका थिए। त्यसमध्ये २.३ अर्ब मान्छे सामाजिक सञ्जालमा सक्रिय संक्रमित थिए। नेपालमा पनि अहिले कुल जनसंख्याको झण्डै ७२ प्रतिशतले हुन आउने संख्या इन्टरनेटको ग्राहक रहेको बताइन्छ।

एक हिसाबले भन्दा सामाजिक सञ्जालले विश्वलाई मुट्ठीमा अट्ने बनाएको छ। तर साथमा यसले विषाक्त सम्बन्धहरूमा पनि अघि बढाएको छ। यसको मनोवैज्ञानिक, शारीरिक, मानसिक प्रभावहरू खतरनाक हुँदै गएका छन्।

जर्मनमा गरिएको एउटा अनुसन्धानका अनुसार ३५ प्रतिशत मानिसहरु सामाजिक सञ्जालको कारणले नै आराम र निद्रासम्बन्धी समस्या भोग्ने गरेको र ५५ प्रतिशत मानिसमा चिन्ता बढ्ने गरेको देखाएको छ।

मनोवैज्ञानिक प्रभाव
सामाजिक मिडिया अधिक प्रयोग गर्नेहरूमा भावनात्मक समस्या बढी हुन्छ। यस्तो अवस्थामा पति र पत्नीले भावनात्मक तवरले एक अर्काको सम्बन्ध अघि बढेको महसुस गर्दैनन्। जबकि भावनाले घनिष्ट सम्बन्ध बढाउन मद्धत गर्ने गर्छ।

पति वा पत्नी दुवैले एकअर्काभन्दा फरक सामाजिक साइटहरूमा बढी समय खर्च गर्न थाल्दा पनि यस्ता समस्याहरू बढ्न पुग्छन्। यसले दुवैको बीचमा भरोसाको अभाव हुन्छ।

उनीहरूलाई लाग्छ कि पति र पत्नीले उनीहरूलाई माया गर्दैन, उनीहरूको वास्ता गर्दैन वा अरू कसैसँग सम्बन्धमा छन्। अनलाइनखबर

चर्चामा

सम्बन्धित समाचार