शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सरकारले उल्ट्यायो निर्णयः सार्वजनिक सवारीका सबै सिटमा यात्रु बोक्न पाइने

सरकारले उल्ट्यायो निर्णयः सार्वजनिक सवारीका सबै सिटमा यात्रु बोक्न पाइने

  • मङ्लबार, अशोज २७, २०७७
सरकारले उल्ट्यायो निर्णयः सार्वजनिक सवारीका सबै सिटमा यात्रु बोक्न पाइने

सरकारले सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको निर्णय उल्ट्याँदै सो निर्णय गरेको हो । यसअघिको बैठकले सार्वजनिक सवारीमा बढीमा आधा सिट क्षमतामा यात्रुहरु राख्नुपर्ने निर्णय गरेको थियो ।

सो बैठकले एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर सोमबारको बैठकले भने सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ । दशैंमा यात्रुहरुको चाप हुने भएकोले सवारी साधनमा सामाजिक सुरक्षाको मापदण्ड अप्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

यसअघि अन्तरिक हवाई उडानमा पनि प्रावधान लागू गरिएको थियो तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार