शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • किशोरी दिवसको अवसरमा बाजुराका चारवटा रेडियोबाट रेडियो बहस

किशोरी दिवसको अवसरमा बाजुराका चारवटा रेडियोबाट रेडियो बहस

  • सोमवार, अशोज २६, २०७७
किशोरी दिवसको अवसरमा बाजुराका चारवटा रेडियोबाट रेडियो बहस

नवौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आज रेडियो बाजुरा, रेडियो बार्जु, रेडियो पौरखी, रेडियो बुढिनन्दाबाट एकसाथ रेडियो बहस संचालजन गरिएको छ । गौमुल गाउँपालिकाका उपाध्याक्ष सिता थापा, मालिका नमुना माद्यामिक विद्यालयका शिक्षिका धनु वि.कसंगै राखेर रेडियो बहस संचालन गरेको हो ।

फाया नेपालको ब्यवस्थापन युएनएफपीए नर्वेजिएन दुताबासको आर्थिक सहयोगमा रेडियो बाजुराले उत्पादन गरेर रेडियो बाजुरा, रेडियो पौरखी रेडियो बार्जु र रेडियो बुढिनन्दा कोल्टीबाट प्रसारण गरिएको हो ।
किशोरी सशक्तिकरण र छोरी लक्षित सामाजिक कुमान्यता विरुद्धको सहकार्यका लागि रेडियो बहस कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीय सरकार जिम्मेवार हुनु पर्ने र शिक्षा स्वास्थ्य र अवसरमा ध्यान केन्द्रीत गर्नु पर्ने सुझाव किशोरीका तर्फबाट धनु विकले दिएकी छन् ।

विद्यालय शिक्षा लैगिक समानता कायम गरिएको, विद्यालयको वातावरण छात्रामैत्री बनाउनु पर्ने र विद्यालयमा गरिने व्यवाहारमा स्थानीय सरकार जिम्मेवार हुनु पर्ने सुझाव शिक्षिका दिमा सुब्बाले दिनु भएको छ ।
आफ्नै सवाल र आफ्नै नेतृत्वमा सामुदायिक रेडियोमा बहस गरिएको हो । सिकाइ कहिल्यै रोकिँदैन भन्ने विश्वब्यापी अभियान अन्र्तगत किशोरीहरुले कोभिड १९ पछि शिक्षामा देखिएको असर र निरन्तर सिकाईका विषयमा बहस गरिएको छ ।

यस बर्षको अन्तर्राष्ट्रि बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ तय गरेर सञ्चालन गरिएको हो । कोरोनाको कारण भोग्नु परेको शैक्षिक समस्या, छाउ कुप्रथा, बाल विवाह, विद्यालयमा हुने विभेद र पीतृसत्ताको विषयलाई जोड दिइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार