शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलका तीन कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलका तीन कोरोना संक्रमितको मृत्यु

  • आइतवार, अशोज २५, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलका तीन कोरोना संक्रमितको मृत्यु

काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पतालको कोभिड अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका– ११ निवासी ८४ वर्षीय पुरुष, बुटवल उपमहानगरपालिका– १ निवासी ७० वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका– ११ निवासी ६१ वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।

७० वर्षीय पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या भएर असोज २४ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनीलाई असोज २२ गते कोराना पोजेटिभ आएको छ। उनको उपचारको क्रममा असोज २४ गते ९ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै ६१ वर्षीया महिला ज्वरो र श्वासप्रश्वासमा समस्या आएर असोज २१ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनको सोही दिन कोरोना पोजेटिभ आएको थियो। उनको उपचारको क्रममा असोज २५ गते बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

८४ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या आएर ज्वरो आएर असोज २४ गते अस्पतालमा आएका थिए। आइसियु खाली नभएकोले अस्पतालले उनलाई दाङस्थित  बेलझुण्डी अस्पतालमा रिफर गरिदिएको थियो। उनको अस्पताल लैजाँदै गर्दा असोज २४ गते साँझ ८ बजे बाटोमा मृत्यु भएको अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार