मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कोरोना बिरामीको उपचार सँगै कोराना जितेका खडकाले पाए प्रदेश स्वास्थ्य सेवा पुरुस्कार

कोरोना बिरामीको उपचार सँगै कोराना जितेका खडकाले पाए प्रदेश स्वास्थ्य सेवा पुरुस्कार

  • आइतवार, अशोज २५, २०७७
कोरोना बिरामीको उपचार सँगै कोराना जितेका खडकाले पाए प्रदेश स्वास्थ्य सेवा पुरुस्कार

बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले प्रदेश स्वास्थ्य सेवा पुरुस्कार पाएका छन् । बाजुरा जिल्ला भरीमा उनले राम्रो काम गरेको भन्दै नगद २० हजार सहित सम्मानित भएका छन् ।
उनलाई मुख्यमन्त्रि त्रिलोचन भट्टले नगद सहित सम्मान गरेको छ । खड्काले कोरोनाको कहरमा स्वास्थ्य क्षेत्रमा ठुलो योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो । खड्का कोरोनाको कहरमा अग्रमोर्चामा खटिएका थिए । उनले कोरोना संक्रमितको ब्यबस्थापन उपचार सँगै उनि संक्रिमत भएर कोरोना समेत जितेका थिए ।
भारत बाट आउन संख्या बढेसँगै बाजुरामा अग्रमोर्चामा खड्का खटिए, उनिहरुको नियमित चेकजाँच सँगै ब्यबस्थापनमा लागि रहे । रातदिन नभनि कोरोना जोखिमतालाइ पनि वेवास्ता गरेर खड्का अग्रमोर्चामा लडिरहे, उनिहरुको चेकजाँचमा कटिबद्ध भएर लागेका थिए ।
सम्मानित भएपछि खुशि हुदै खड्काले भने अझै आफुलाई स्वास्थ्य सेवामा थप काम गर्न उत्प्रेरणा बढेको वताएका छन् । खड्का भन्छन्, २४ घण्टा चेकजाँच र उपचारमा खटिरहेको थिए । पछि आफु पनि पोजेटिभ भए, कोरोना जिते, अहिले म कुनै बिचलन छैन्, हामिलाइ थप प्ररेणा मिलेको छ, अब संक्रमितको उपचार बाट पछाडि नहटने खड्का बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार