बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्लाकै उत्कृष्ठ गौमुल गाउँपालिका स्वास्थ्य शाखा पुरस्कृत

जिल्लाकै उत्कृष्ठ गौमुल गाउँपालिका स्वास्थ्य शाखा पुरस्कृत

  • शनिबार, अशोज २४, २०७७
जिल्लाकै उत्कृष्ठ गौमुल गाउँपालिका स्वास्थ्य शाखा पुरस्कृत

बाजुरा — गौमुल गाउँपालिका स्वास्थ्य शाखा जिल्लाकै उत्कृष्ठ भएको छ । सुदुर पश्चिम प्रदेशको स्थानीय तह अन्तर्गत स्वास्थ्य क्षेत्रमा राम्रो गरेको भन्दै सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले एक कार्यक्रमका बिच सम्मान गरेको छ । जिल्लामै राम्रो काम गरेको भन्दै निर्देशनालयले सम्मान सहित नगद पुरस्कार प्रदान गरेको गौमुल गाउँपालिका अध्यक्ष हरी रोकायाले बताएका छन ।
सुदुर पश्चिम प्रदेश सामाजिक बिकाश मन्त्रालय क्षेत्रीय स्वास्थ्य निर्देशनालयको बार्षिक समिक्षा गोष्ठीको आयोजना गरी सुदुर पश्चिमका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।
गौमुल गाउँपालिका स्वास्थ्य शाखाले नियमीत गर्नुपर्ने कार्यहरु समयमै गरेको माशिक रिर्पोट समयमै बुझाउने गरेको लगायतका सुचकका आधारमा स्वास्थ्य शाखा उत्कृष्ठ भएको निर्देशनालयले जनाएको छ ।
शनिबार सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न स्वास्थ्य संस्थाहरुलाई सम्मान गरेको हो । सोही क्रममा गौमुल गाउँपालिका अध्यक्ष हरी रोकायाले सो सम्मान सहित नगद पुरस्कार बुझेका छन ।

चर्चामा

सम्बन्धित समाचार