बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • सहकारी मार्फत आर्थिक समृद्धि सम्भब छ : नेकपा अध्यक्ष शाही

सहकारी मार्फत आर्थिक समृद्धि सम्भब छ : नेकपा अध्यक्ष शाही

  • शुक्रबार, अशोज २३, २०७७
सहकारी मार्फत आर्थिक समृद्धि सम्भब छ : नेकपा अध्यक्ष शाही

बाजुरा– नेकपा बाजुराका अध्यक्ष कालि बहादुर शाहीले सहकारी मार्फत आर्थिक समृद्धि सम्भब भएको वताएका छन् । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभामा प्रमुख अतिथिको आसनग्रहण बाट बोल्दै शाहीले यस्तो वताएका हुन् ।
नेपालमा आर्थिक क्रान्ति तथा आर्थिक परिवर्तनका लागि सहकारीलाइ अगाडि बढाउने काम पनि मनमोहन अधिकारी प्रधानमन्त्रिले शुरुवात गरेको शाहीले थपेका छन् । साधारण सभामा बोल्दै अध्यक्ष शाहिले भने बाजुरामा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सेवामा पनि उल्लेखनिय काम गरेको वताए । अहिले आर्थिक समृद्धि सहकारी बाट रहेको छ । मनमोहन अधिकारी प्रधानमन्त्रि हुदाँ गाँउ गाँउमा सहकारी घरघर भकारी भन्ने नाराका साथ सहकारी अबधारणमा ल्याएको अध्यक्ष शाहिले भने । अझै हातमालो गर्दै अघि बढ्न शाहिले शुभकामना दिएका छन् ।
त्यस्तै बिशिष्ट अतिथि राष्ट्रिय सहकारी विकास वोर्डका केन्द्रिय सदस्य तथा नेकपा प्रचार तथा प्रकाशन बिभाग प्रमुख अम्मर खडकाले सुखि नेपाली, समृद्धि नेपालका लागि सहकारी मार्फत दिगो विकास गर्न आर्थिक समृद्धि हासिल गर्न सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताए । सहकारी ऐन नियम अनुसार सहकारी सञ्चालन हुनुपर्नेमा जोड खडकाले दिएका छन् । राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्थाले कर्मचारीलाई संगठित गर्ने काम समेत गरेको वताए ।
राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्थाले १० बर्ष पुग्दा सम्म १ करोड भन्दा बढिको कारोवार गरिरहेको छ । सहकारीमा १ सय ३१ जना शेर सदस्य रहेका छन् । कार्यक्रममा आधिकारीक कर्मचारी ट्रेड युनियनका अध्यक्ष धन बहादुर थापा, नेपाल कर्मचारी संगठन बाजुराका अध्यक्ष मिनप्रसाद जैशी, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रङ्गमल विक, गिफ्ट बाजुरका प्रबन्धक कृष्ण अधिकारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
शुभकामना मन्तब्य दिने अतिथिले यसको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । सामुहिक रूपमा संगठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्यका साथ अघि बढन शुभकामना दिएका थिए । समाजमा व्याप्त गरीबी, व्यापारिक एकाधिकारजस्ता आर्थिक एवं सामाजिक विसंगतिहरूको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आयवर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको मुख्य निर्वाह गर्न जोड दिनुपर्ने वताएका थिए ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सांगठनिक प्रतिबेदन सचिब दिप्रेन्द्र पाण्डे र आर्थिक प्रतिबेदन कोषाअध्यक्ष भावना कुमारी बोहोराले गरेकि थिइन् । त्यस्तै स्वागत मन्तब्य उपाअध्यक्ष शोभा शाहिले गरेकी थिइन्, भने सञ्चालन सचिब दिप्रेन्द्र पाण्डेले गरेका थिए । साधारण सभामा निभितृभरण भएका कर्मचारी कल बहादुर सिंहलाई सम्मान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार