मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा स्वास्थ्य संस्था लग्दै गर्दा बाटोमा सुत्केरीको मृत्यु

बाजुरामा स्वास्थ्य संस्था लग्दै गर्दा बाटोमा सुत्केरीको मृत्यु

  • शुक्रबार, अशोज २३, २०७७
बाजुरामा स्वास्थ्य संस्था लग्दै गर्दा बाटोमा सुत्केरीको मृत्यु

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरुमा स्वास्थ्य संस्था लग्दै गर्दा बाटोमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमा २३ वर्षिया अम्बकला रोकायाका बिहिवार राति मृत्यु भएको वडा अध्यक्ष राजन रोकायाले बडिमालिका खबरलाइ वताएका छन् ।
गाँउमा प्रसुति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लिदै गर्दा मृत्यु भएको अध्यक्ष रोकायाले वताए । दिउसो सुत्केरी ब्यथा लागेकि अम्बकलालाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ प्रसुति सेवा दिने तालिम प्राप्त स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउदै गर्दा उनको मृत्यु भएको आफन्तले वताएका छन् ।
कुरु गाँउमा प्रसुति केन्द्र स्थापना नहुदा त्यहाँका महिलाहरुले धेरै समस्या भोग्दै आएका छन् । यो बर्ष मात्र २ जनाले कोल्टि ल्याउदै गर्दा बाटोमा बच्चा जन्माएको वडा अध्यक्ष रोकायाले वताएका छन् । अध्यक्ष रोकायाले भने कार्यपालिकाको २ वटा बैठकमा र पटक पटक प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेलाई बुढिनन्दा ४ को स्वास्थ्य आधारभुत इकाइमा प्रसुति केन्द्र स्थापनाका लागि पहल गरेको थिए, कसैले पनि वास्ता नगरेको उनले वताए ।
सुत्केरी बोकेर ल्याउदा ५ घन्टा समय लाग्छ त्यो भन्दा सुत्केरी गराउने सम्पुर्ण सामाग्री देखि बत्ती को पनि सुबिधा छ १ जना सुत्केरी गराउने चाहियो भन्दा न्यौपानेले नगर प्रमुख पदम कुमार गिरि लाई सल्लाह गर्छु मात्र भनेर आलटाल गरेको उनले रोकायाले थपे । गत बर्ष मात्र बाजुरामा ५ जना सुत्केरीको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार