बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने

७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने

  • बिहिबार, अशोज २२, २०७७
७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने

इन्टरनेट सेवा प्रदायक वर्ड लिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रम मार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।

उक्त सेवा बिहिबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वर्ड लिंकले जनाएको छ । तर उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ । वर्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ । यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वर्ड लिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ ।

चर्चामा

सम्बन्धित समाचार