बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कलिलो काँधमा ५ भाइबहिनी (भिडियाे सहित)

कलिलो काँधमा ५ भाइबहिनी (भिडियाे सहित)

भारि बोकेर भाईबहिनी पाल्दै

  • बिहिबार, अशोज २२, २०७७
कलिलो काँधमा ५ भाइबहिनी (भिडियाे सहित)

बाजुरा–बुढिगंगा नगरपालिका १ अम्कोट बस्ने कौशिल्ला केसिको जिम्मा ५ भाइबिहिनि रहेका छन् । आमाले २ बर्ष पहिले अर्को बिहे गरेपछि उनको काँधमा भाइबहिनि रहेका छन् । उनले भारि बोकेर भाइबहिनी पालिरहेकी छन् ।
कक्षा ११ मा अध्यनरत कौशिल्ला आफ्नो पढाइ सँगै भाइबहिनिको पालनपोषण र शिक्षादिक्षामा सहयोग गरिरहेकी छन् । कौशिल्लाको भाई दिनेश केसी कक्षा १० मा भानोदय उमाबिमा पढने गरेको छ । बसन्ति कक्षामा ६ मा धुरालसैन माबिमा र कबिता केसी बसन्त प्राबिमा पढने गरेकी छन् । कान्छो भाई ६ बर्षको सुजन केसी भने फुपुको घरमा बस्ने गरेको बिद्यालय नजाने गरेको कौशिल्लाले वताएकि छन् ।


कौशिल्ला आफ्नो उज्जल पढाई सँगै भाइबहिनिको भबिष्य सुनौलो बनाउन लागि रहेकि छन् । दैनिक भारि बोकेर उनि भाइबहिनीको पालनपोषण गर्ने गरेकी छन् । बुवा धन बहादुर केसिले अर्को बिहे गरेर छोरी पाएको कौशिल्लाले वताएकि छन् । बुवाले सहयोग त गर्छन्, तर आर्थिक अबस्था निकै कमजोर भएकाले समस्या भएको उनले वताईन् ।
भएको खेतहरु अम्कोटको पहिरोले बगाइसकेको छ, बाह्रै महिना किनेर खानुपरेको कौशिल्लाले वताएकि छन् । अम्कोटमा पहिराले सडक अबरोध भएपछि उनि दैनिक भारि बोक्ने काम गरि रहेकी थिईन्, अहिले सडक सञ्चालन भएपछि कामको खोजिमा रहेको कौशिल्लाले वताएकि छन् । स्थानिय बजारमा पनि खासै काम नपाईने गरेको छ ।


कौशिला कक्षा ११ पप उमाबि सिलगढि डोटिमा छात्रवृत्तिमा पढने गरेकि छन् । बिदामा घरमा आएको बेला र कहिले घरमा आएर भारि बोकेर भाइबिहिनीको लुगाकपडा किन्ने गरेको वताएकि छन् । अहिले त लकडाउने चैत यता घरमै भएकाले भाईबहिनीलाई सहयोग गरिरहेको वताईन् । बुवा भएपनि रोजगारि केही छैन्, भाइबहिनि धेरै भएकोले काम गरेर भाइबहिनि पढाउने गरेको कौशिल्लाले वताईन् । कौशिल्ला कि आमाले गाँउमै परपुरुष सँग सम्बन्ध गरेको भन्दै आरोप लगाएपछि उनी घर छोडेर माईति गएकि थिइ्न, माइत बाट अर्को बिहे गरेको कौशिल्लाले वताईन् ।

https://www.youtube.com/watch?v=HTT1xx7E6X4

चर्चामा

सम्बन्धित समाचार