शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका चिकित्सकहरु आन्दोलनमा

सुदूरपश्चिमका चिकित्सकहरु आन्दोलनमा

  • बिहिबार, अशोज २२, २०७७
सेयर गर्नुहोस् :
सुदूरपश्चिमका चिकित्सकहरु आन्दोलनमा

धनगढी– नेपाल चिकित्सक संघ आजदेखि आन्दोलनमा उत्रिएको छ। अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि दबाबमुलक आन्दोलन सुरु गरिएको हो।

चिकित्सक संघ सुदूरपश्चिमका अनुसार आज बिहान ९ देखि ११ बजेसम्म प्रदेशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गरिएको छ।

भोलि देशभर आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ। ६ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २५ दिन भएको छ।

चर्चामा

सम्बन्धित समाचार