शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यौन स्वास्थ्य
  • यौनसुखका लागि दम्पत्तिले जान्नैपर्ने कुरा

यौनसुखका लागि दम्पत्तिले जान्नैपर्ने कुरा

  • बिहिबार, अशोज २२, २०७७
यौनसुखका लागि दम्पत्तिले जान्नैपर्ने कुरा

दाम्पत्य जीवनमा यौनले मनोरञ्जनको स्थान मात्र लिएको हुँदैन । यसले वंश निरन्तरतालाई मात्र धानेको पनि हुँदैन । यौनले दाम्पत्य जीवनलाई सुखमय र सुमधुर बनाइरहेको हुन्छ । सफल दाम्पत्यमा सक्रिय यौनको भूमिका अहम् हुन्छ । यौन सम्बन्धले दम्पत्तिलाई थप निकट राख्छ ।

अक्सर दम्पत्तिबीचको खटपट यौन सम्बन्धबाटै उब्जने गर्छ । जब यौनमा सुखभोग मिल्दैन, तब सम्बन्धमा खल्लोपन आउँछ । पार्टनरले यौन सन्तुष्टि प्राप्त गर्न नसकेपछि उनीहरु अरुतिरबाट त्यसको परिपूर्ति गर्न खोज्छन् । नतिजा, दम्पत्तिबीच विश्वासको वातावरण टुट्छ । शंका-उपशंकाले ठाउँ पाउँछ । त्यसले दम्पत्तिबीचको सम्बन्धलाई धरापमा पार्छ ।

बाहिरबाट हेर्दा सामान्य लागे पनि दाम्पत्य सुखमा यौनले विशेष भूमिका निर्वाह गर्छ । तर, हामी यसप्रति जति सचेत र जागरुक हुनुपर्ने हो, त्यति हुँदैनौं । यौनसम्बन्धी हाम्रो धारणा एकदमै कमजोर र सतही छ । यौनलाई ‘अपराध’ वा ‘छाडा’को रुपमा बुझेका छौं । त्यही कारण उन्मुक्त यौनमा रमाउन सकिँदैन ।

जबकि, सक्रिय यौन जीवन शारीरिक/मानसिक दुवै स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ । जब दम्पत्तिबीच सक्रिय यौन सम्बन्ध स्थापित हुन्छ, उनीहरु शारीरिक रुपले तन्दुरुस्त हुन्छन् । मानसिक रुपले सन्तुष्ट र प|mेस हुन्छन् । त्यसैले त भन्ने गरिन्छ, दम्पत्तिले सातामा दुई चोटीसम्म शारीरिक सम्बन्ध बनाउनु उपयुक्त हुन्छ ।

सेक्सुअल लाइफको रिचार्ज

विभिन्न कारणले हामीमा यौन शिथिलता आउने गर्छ । चाहेर पनि हामी यौनमा सक्रिय हुन सक्दैनौं । यसो हुनुमा एक मात्र कारण हुँदैन । कतिपय अवस्थामा शारीरिक समस्याले पनि हामी यौनमा उदासिन हुन पुग्छौं । कतिपय अवस्थामा मानसिक समस्याले पनि ।

किनभने यौनमा शरीर मात्रको उपस्थितिले पुग्दैन । मानसिक इच्छाले मात्र पनि काम गर्दैन । सक्रिय यौनका लागि शारीरिक र मानसिक दुवै रुपमा हामी उत्तिकै तयार हुनुपर्छ ।

जब दम्पत्तिले यौनमा सुखभोग गर्न सक्दैनन्, उनीहरु मानसिक रुपले रोगी बन्दै जान्छन् । यसले उनीहरुको सुदूर भविष्यमा खतरा निम्त्याउन सक्छ ।

त्यसैले यौनको सन्दर्भमा पति र पत्नी दुवै उत्तिकै जागरुक हुन आवश्यक छ । यदि यौन जीवन सुखमय छैन भने दम्पत्तिबीच यस विषयमा खुला छलफल हुन आवश्यक छ । यसका कारणहरु खोतल्नुपर्छ । जब समस्या फेला पर्छ, निदान खोज्न गाह्रो हुँदैन ।

कतिपय अवस्थामा शारीरिक कमजोरी, रोग आदिले यौनमा असर गर्छ । विभिन्न रोग छन्, जसको सोझो प्रभाव यौन जीवनमा पर्छ । त्यस्ता रोगहरुको पहिचान हुनुपर्छ ।

यद्यपि, यौनमा मानसिक उपस्थिति उत्तिकै अपरिहार्य मानिन्छ । जब तनाव हुन्छ, धपेडी हुन्छ, आक्रोस वा कुनै पनि किसिमको मानसिक विकार हुन्छ, तब यौनमा सक्रियता जनाउन सकिँदैन । त्यसैले यौन सुखका लागि मानसिक विकार त्याग्नैपर्छ ।

सेक्समा डिटाक्सिफिकेसन

डिटक्सिफिकेसन एक प्रक्रिया हो, जसको माध्यामबाट शरीरबाट विषाक्त पदार्थ बाहिर निकालिन्छ । त्यसपछि हामी ऊर्जावान, स्वस्थ र ताजगी अनुभव गर्न सक्छौं ।

ठीक यही किसिमले रिलेसनसिपमा पनि कुनैबेला टक्सिन भरिन सक्छ । यसले दाम्पत्य सम्बन्धमा अविश्वास, दिक्दारी आदि पैदा गर्छ । यसको नतिजा यौन जीवनमा असन्तुलन आउन सक्छ । यौन जीवनबाट यस्ता टक्सिन हटाउनैपर्छ ।
– जब दम्पत्तिबीच प्रेममा चिसोपन आउँछ । एकअर्कामा पहिलेजस्तै आकर्षण महशुस हुँदैन ।

– पति/पत्नीमा सन्तान, करिअर, काम, घरधन्दाको कुराले मात्र स्थान पाउन थाल्छ । अन्तरंग कुराकानी हुन पाउँदैन ।

– आफ्नो पार्टनरसँग भएर पनि अलग्गै जीवन व्यतित गरिन्छ । दुवैले एकअर्कालाई समय दिन सक्दैनन् । एकसाथ दुवै बस्ने वा समय बिताउने इच्छा हुँदैन ।

– एउटै ओछ्यानमा भएर पनि दुवैले आफूलाई एक्लो महशुस गरिन्छ ।

के हो सेक्स लाइफको टक्सिन ?

तनाव- तनाव नै त्यस्तो तत्व हो, जसले यौन जीवनलाई खल्लो बनाइदिन्छ । व्यस्त दिनचर्या, पारिवारिक चिन्ता, करिअर आदिको धपेडीले हामी यति तनावग्रस्त हुन पुग्छौं कि पार्टनरसँग अन्तरंग पल बिताउने फुर्सद वा चाहना हुँदैन ।

निस्त्रिmय जीवन- शारीरिक रुपमा निस्क्रिय हुँदा पनि त्यसको प्रभाव यौन जीवनमा पर्छ । शारीरिक रुपमा सक्रिय व्यक्तिको यौन जीवन सुखमय हुन्छ भन्ने अनुसन्धानबाट देखिएको छ ।

अस्वस्थकर खानपान- खानेकुराको सोझो असर स्वास्थ्यमा पर्छ । जब हामी अस्वस्थकर खानेकुरा सेवन गर्छौ, हाम्रो ऊर्जामा ह्रास आउँछ । र, त्यसको प्रभाव यौन जीवनमा पर्छ ।

प्रदुषण- अचम्म लाग्न सक्छ तर सही तथ्य हो, प्रदुषणले यौन जीवनमा असर गर्न सक्छ ।

अविश्वास- दम्पत्तिबीच अविश्वास, मनमुटावले जब प्रवेश गर्छ, उनीहरुको यौन जीवन कमजोर हुनपुग्छ ।

चर्चामा

सम्बन्धित समाचार