शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्न सरकारले रकम दिन्छ

संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्न सरकारले रकम दिन्छ

  • बिहिबार, अशोज २२, २०७७
संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्न सरकारले रकम दिन्छ

एजेन्सी–  संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्नका लागि सरकारले रकम दिनेछ। जापान सरकारले हालै विवाह गरेका नव जोडीलाई ६ लाख ऐन दिने भएको हो।

जन्मदर घटिरहेको जापानले जन्मदर बढाउनका लागि यस्तो अफर ल्याएको जापान टुडेले समाचार लेखेको छ। पैसाको अभावमा विवाह गर्न नपाएका जोडीहरूलाई वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन यस्तो योजना ल्याएको हो।

नवविवाहित सहायता कार्यक्रमअन्तर्गत यो योजना आगामी वर्षको अप्रिलबाट शुरु हुनेछ। जापानमा ढिलो विवाह गर्ने र विवाह नै नगर्नेको संख्या बढिरहेको छ। जसले गर्दा जन्मदरमा प्रभाव परिरहेको छ।

यसलाई न्यूनीकरण गर्दै विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्न यस्तो सहायताको घोषणा गरिएको जापानको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यो सहायता अन्तर्गत धेरैभन्दा धेरै जोडीलाई आर्थिक सहायता प्रदान गरिनेछ।

त्यसका लागि विवाह गर्न श्रीमान श्रीमतीको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ। जसको कुल आम्दानी ३८ लाख भन्दा कम छ उनीहरूले उक्त सहायता पाउनेछन्।

चर्चामा

सम्बन्धित समाचार