बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बिहे भोजमै बेहुलाले गरे बेहुलीको हत्या, पाहुना तमासे बनेर बसे !

बिहे भोजमै बेहुलाले गरे बेहुलीको हत्या, पाहुना तमासे बनेर बसे !

  • मङ्लबार, अशोज २०, २०७७
बिहे भोजमै बेहुलाले गरे बेहुलीको हत्या, पाहुना तमासे बनेर बसे !

एजेन्सी —  बिहेकै दिन बेहुलाले कुटेर बेहुलीको हत्या गरेका छन् । घटनाको रुसको नोबासिबिरिकको हो । ३३ वर्षका यी बेहुलाले अन्य पाहुनाकै अगाडी बेहुलीलाई कुटेर मारेका हुन् । ओकासाना नामकी बेहुली ३६ वर्षकी थिइन् ।
डरका कारण बेहुलीलाई बचाउन भने कोही पनि सरेनन् । यस पार्टीमा सबै पाहुनाहरु रक्सीले मातेका थिए ।

प्रहरीले आरोपित युवकलाई पक्राउ गरिसकेको छ । प्रहरी स्रोतकाअनुसार स्टिफन डोलगिख नामका यी युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेका छन् । डोलगिखले पुरानो अपराधका लागि जेल जीवन बिताइरहेका बेला ओकसानासँग उनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनीहरुले बिहे गर्ने फैसला गरेका थिए । स्थानीय प्रहरीकाअनुसार बिहे भोज चलिरहेका बेला बेहुला–बेहुलीबीच झगडा भयो, त्यसपछि बेहुला आवेशमा आए । रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि उनले श्रीमतीमाथि कुटपिट थाले ।

अनुसन्धान खटिएका प्रहरी किरिल पित्रुसिनका अनुसार यी युवकले युवतीमाथि मुक्का प्रहार गर्ने र उनलाई लात्तीले हान्ने काम पाहुनाहरुकै अगाडि गरेका थिए । त्यसपछि उनले घरभित्र लगेर थप कुटेको, कपाल तातेर टाउकोमा हिर्काएर र सडकमा लगेर फालेको अनुसन्धानबाट देखिएको छ । दुलहीले खराब व्यवहार गरेका कारण आफ्नो होश गुमेको र घटना घटेको प्रतिक्रिया दुलाहाले दिएका छन् । ‘ओकसानालाई डोलगिखको आपराधिक विगत थाहा थियो, उनले सुधार्न सकिन्छ कि भनेर यी युवकसँग बिहे गरेको देखिन्छ,’ किरिलले भने ।

चर्चामा

सम्बन्धित समाचार