शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • अमृत र संगीताको ‘लाजको घुम्ती’

अमृत र संगीताको ‘लाजको घुम्ती’

  • सोमवार, अशोज १९, २०७७
अमृत र संगीताको ‘लाजको घुम्ती’

गायक तथा संगीतकार अमृत क्षेत्रीले ‘लाजको घुम्ती’ बोलको गीत सार्वजनिक गरेका छन् । अम्बिका गुरुङको शब्द रहेको यो गीतले आफ्नी मायालुप्रति एक यूवकले देखाएको प्रेम आशक्ती बोल्छ ।

यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गायक अमृत क्षेत्री र संगीता क्षेत्रीको मोडलिङ छ । अमृतले गीतको बारेमा भने–‘यो गीत १ बर्ष अगाडि नै तयार भएको थियो । गीतकार अम्बिका गुरुङले हाम्रो जोडी नै भिडियोमा खेल्नुपर्छ भनेपछि हामीले खेलेका हौं । हरेक माया गर्ने जोडीका लागि यो गीत समर्पित छ ।’

अमृतले गीतले प्रेमको सकारात्मक भावना छर्ने बताए । अमृत र संगीताले ‘मगमग’ बोलको गीतमा यसअघि अभिनय गरेका थिए । विकास धमलाको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ ।

चर्चामा

सम्बन्धित समाचार