बिहिबार, बैशाख १३, २०८१

कविता-“आमा”

  • आइतवार, अशोज १८, २०७७
कविता-“आमा”

 

आमासँग
भेट्छु कि
यतै कतै भनी
खोजिरहेँ
अहँ भेटिन कतै
मनभरि सजाएका भेटका
मिठामीठा बात
यी कहाली लाग्दा रातले
म अतालिन्छु आमा !
शरहमा बस्ने मेरा रहर आज
तिम्रो ममताको अगाडि
भोका भएका छन्
घर जोडिए पनि
अहँ यहाँ मन कहिल्यै जोडिन्न आमा
पैसाको दम्भले भरिएका मान्छेसँग
मेरो स्वाभिमान कुल्चिनु बाहेक
मैले रम्ने तिम्रो न्यानो ममताको
छहारीले मलाई पढाएको पाठ
शहरका छोराहरूलाई अँझ
सिकाइ भएको देखिन आमा
जुन पाठ मैले पढे
म यहाँ आफु अटाउने
मेरो आकाश चुम्ने सपना
कल्पना गर्नु बाहेक केही देख्दिन ,
यस्तो कोलाहलमा
मेरा रहर र लक्ष्य बिरामी पर्छन्
बिलिन हुन्छन् त्यसै हराउँछन्
म हराउन चाहन्न
कहिल्यै हराउँन चाहन्न आमा !!

चर्चामा

सम्बन्धित समाचार